पन्द्रदिने लगायतका परिक्रमा सोमबार जनकपुरधाम आउने
2 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम,फागुन २२ गते । पन्द्र दिने मिथिला परिक्रमा लगायतका परिक्रमा सोमवार जनकपुरधाम आउने छन ।
भगवान श्री राम को र जानकी महारानीको डोला संगै घुम्ने १५ दिने परिक्रमा आईतवार विसौल पुगेका छन । त्यस्तै पंचायन परिक्रमा धनुषाधामबाट बहुअर्वा पुगेका छन ।
उसैगरी बोलबाँम परिक्रमा आईतवार साँझबाट आरम्भ भई सोमबार जनकपुरधाम आईपुग्नेछन ।
प्राचिन मिथिलाका राजधानी जनकपुरधाम बाट हरेक फागुन शुक्लपक्षमा तीन किसिमका परिक्रमा आरम्भ हुन्छ । एक १५ दिने, अर्को पँचायन परिक्रमा र तेश्रो २४ घण्टे परिक्रमा हुन्छ ।
पँचायन परिक्रमालाई पाँच दिने परिक्रमा पनि भनिन्छ । १५ दिने परिक्रमा धनुषाधाम पुग्ने दिन उठ्ने गरेको हुन्छ । यो परिक्रमा कल्याणेश्वरबाट उठेर पहिलो राती विश्राम जलेश्वरमा गर्छन । दाश्रो राती क्षिरेश्वरनाथमा, तेश्रो राती धनुषाधाममा, चौथौ राती बहुअर्वामा र पाँचौ राती जनकपुरधाम स्थित तिरहुतियागाछीमा विश्राम गर्ने गदर्छन ।
यसपाली फाल्गुन १७ गते बाट पंचायन परिक्रमा उठेकोे छ । पंचायन परिक्रमामा सहभागी हुनको लागि श्रद्धालुवर्ग फाल्गुन १६ गते साँझसम्म कल्याणेश्वरमा जम्मा भएका थिए । र त्यहाँ राती विताउन नचाहिनेहरु १७ गते विहान पुगेका ेछन ।
पँचायन परिक्रमामा सहभागी हुने श्रद्धालु भक्तजनहरु अन्तःगृह परिक्रमा क्षेत्रमा रहेका धार्मिक सरोवरहरुको परिक्रमा गर्दै जल सेचन गर्ने गरेका हुन्छन ।
मिथिला माध्यमिक परिक्रमा नामबाट प्रचारित १५ दिने परिक्रमाको अन्तिम पडाव विशौल पुग्ने दिन २४ घन्टे (बोल बाम) परिक्रमा कल्याणेश्वरबाट आरम्भ हुने गर्दछन । बोलबाँम परिक्रमामा सहभागिहुने श्रद्धालुवर्ग विशौल पुगेर पुनः कल्याणेश्वर आई आफ्नो चिनो मिटाएर जनकपुरधाम आउने गर्दछन । बोलबाँम परिक्रमा र पँचायतन परिक्रममा सहभागी हुनेहरु ऐतिहासिक स्थल तिरहुतिया गाछीमा राती बास वस्ने गरेका हुन्छन । त्यस्तै १५ दिने परिक्रमामा सहभागी हुने यात्री रंगभूमिमा या परिक्रमा क्षेत्रमा रहेका अफ्न्तको घरमा समेत वास बस्ने गरेका हुन्छन ।
१५ दिने परिक्रमाको प्रमुख केन्द्रबिन्दु मिथिलाविहारी जी को डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो । त्यस्तै किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्ड स्थित शिया राघव शरणको राम जानकी मन्दिरबाट उठने गर्दछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले