+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

देश–विदेशमा प्रिती पासवानको लोकप्रियता बढ्दै

2 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु,
चन्द्रौटा, कपिलवस्तु, पुस १९ गते । मधेस प्रदेशको बारा जिल्लामा जन्मेकि प्रिती पासवानको पछिल्लो समय यता निकै नै लोकप्रियता बढेको छ। प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भइकि हुन ।
प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन्
म दलित परिवारमा जन्मिएकी हुँ। मेरो परिवार दलित भएकै कारणले विभिन्न सामाजिक अपहेलित हुनु परेको थियो। शुरुवाति समयमा गरिवीले गर्दा साझ बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो। त्यस बखत बुवाले थिएटरमा नाच्ने गर्नुहुन्थ्यो भने आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्नुहुन्थ्यो ।
पासवानको शुरुवातको अवस्था.....
प्रिति आफ्नो वाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गर्दथिन्। पछि सा–साना कार्यक्रमको स्टेजमा गएर नाच्ने गर्थिन्। उनी भन्छिन् शुरूको ठूलो स्टेजमा मलाई नाच्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाइएको थियो तर अहिले देश बिदेशमा स्टेज शो गर्न जान्छु। यति धेरै व्यस्तता हुन्छ कि घरमा चाडपर्व मनाउन समय पाईदैन ।
शुरुमा आफै तिरेर कार्यक्रम सहभागि भए पनि दर्शकको माग र चाहना अनुसार म नेपाल लगायत विदेशमा धेरै स्टेज शो गर्ने गरेकि छु । जुन नेपालमा लाखौं रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गर्दछु भने बिदेशमा अझै धेरै रूपैयाँ लिने गरेकि छु। सबै भन्दा बढी कृतज्ञता आफ्नो आमा–बुवा र दर्शकलाई दिन चाहन्छु। किन कि आमा बुबाको सहयोग र दर्शकको प्रेमले म लोकप्रियता पाईकि छु । कपिलवस्तु चन्द्रौटा बस्ने बिना यादव पनि टिकटकमा भाइरल बन्दै गएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले