हिमाली इंग्लिस बोर्डिङ स्कूलद्वारा आज प्रभातफेरी
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, पुष १६ गते । यहाँ संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले आज सरसफाइ र प्रभातफेरी कार्यक्रम गरेको छ ।
हिमाली इंग्लिस बोर्डिंग स्कूल ले आजको सरसफाई तथा प्रभातफेरी आफ्नो ३० औँ वार्षिकोत्सव क्रममा मनाएको छ । प्राधानाध्यापक रमेश साह र सहायक प्राधानाध्यापक रुपेश आले को नेतृत्वमा आयोजित प्रभातफेरी शिवचौक,जनकचौक,रामचौक,पुरानोबजार हुँदै जानकी मंदिर हुँदै पुनः विद्यालय परिसरमा पुगेको थियो ।
विद्यालयले आफ्नो ३० औं स्थापना दिवसको अवसरमा सोमबार विज्ञान प्रदर्शनी र मंगलवार भव्य र सव्य कार्यक्रम आयोजना गर्न लागेको आयोजक प्राधानाध्यापक रमेश साह ले जानकारी गराउनु भयो ।
वार्षिकोत्सवको अवसरमा शुक्रबार स्कूलले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा २५ जनाद्वारा रक्तदान गरिएको प्राधानाध्यापक रमेश साहले जानकारी दिनुभयो ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा यस वर्ष पाँच दिवसीय कार्यक्रम गर्दैछ ।
त्यस्तै, जानकी विद्धाश्रम र कविर वाल वत्सल्य आश्रममा फलफूल वितरण, चौथो दिन विज्ञान प्रदर्शनी र पाँचौ दिन सांस्कृतिक कार्यक्रम गरी वार्षिकोत्सवको समापन हुनेछ ।
कार्यक्रममा जनकपुरधाम कार्यपालिका सदस्य दिपेन्द्र साह, शिक्षक रुपेश आले लगायत रक्तदान गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले