+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

१९ आंै नेपाल राष्ट्रिय हिन्दी सम्मेलन सम्पन

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २२ गते । प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले जनजनको भाषा हिन्दीलाई नेपालमा बोलिने हरेकभाषा भाषीलाई एक अर्काको बीचमा सहजता ल्याउनका लागि सम्पर्क भाषाको संवैधानिक मान्यता दिन मांग गर्नु भएको छ ।
नेपाल हिन्दी प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय १९ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलनमा बोल्दै मन्त्री सोनलले हिन्दी विश्व भाषाको मान्यता प्राप्त गरिसकेकोले यसको नेपालमा नेपालीजनताले दक्षता हासिल गराउन आजको अपरिहार्यता भइसकेको बताएका छन् ।
सो सम्मेलनको समुद्घाटन समारोहबीच हिन्दी भाषा साहित्यको श्रीवृध्दिमा साहित्य रचना गर्ने स्रष्टाहरुलाई सम्मान र पुरष्कार प्रदान गरिएको थियो ।यसरी सम्मानित हुनेहरुमा देवी पन्थी,चतुर्भुज शर्मा,विजय यादव,राजेश्वर ठाकुर,विन्दु ठाकुर,दिनेश यादव,रामसागर साह,रामनारायण ठाकुर,रामशरण मण्डल,साधु राय,रामस्वार्थ यादव,डा. सूर्यनाथ गोप,डा. सुचित शर्मा,संगित मण्डल सहित पन्ध्र जना र नगद ५५हजार ५सय ५५सहित ललितपुर निवासी डा.कृष्णजंग राणालाई राजर्षिजनक प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
सम्मेलनमा नेपाल र भारतका साहित्य स्रष्टाहरुको सहभागिता रहेको छ । नेपालमा हिन्दीको मान्यताका ल ागि जेलनेल समेत भोगेका प्रेस तथा प्रजातन्त्र स्तन्त्रता सेनानी नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपालीले जन्मजातरुपमा अभियान संचालन गर्दै आउनु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले