मिथिला पंचकोशी परिक्रमा कल्याणेश्वर बाट अगाडी बढे
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुुरधाम,चैत्र २ गते । पन्द्रह दिनसम्म चल्ने मिथिला पंचकोसी परिक्रमा शनिबारबाट आरम्भ भएको छ ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा सहभागी हुने मिथिलाविहारी र किशोरी जीको डोला संगै हजारौं नरनारी शनिबार आईपुगेका छन् ।
जनकपुरधाम उप महा नगरपालिका १५ को हनुमानगढीबाट आईतवार कल्याणेश्वर, सोमवार फुहरमा,मंगलबार मटिहानीमा र बुधवार जलेश्वरमा विश्राम गरिनेछ ।
मिथिलाविहारीको डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो भने किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्डमा रहेको शिया राघव शरणको राम जानकी मन्दिरबाट उठेको हो । शनिवार मिथिलाविहारीको डोला कचुरी मठबाट उठेर जनकपुरधाम स्थिति रत्नसागर मठमा आईपुग्यो । त्यहाँ पूजा आरती पश्चात् भोग राग लागेपछि डोला हनुमानगढीको लागि प्रस्थान गरियो ।
मिथिलाविहारी जी को डोला र किशोरी जी को डोला जानकी मन्दिर र राम मन्दिरमा आरती उतारेर हनुमानगढी पुगेका थिए । परिक्रमा १५ औं दिन चतुदर्शी तिथिमा पुनः यहाँ फर्किने छ र १६ औं दिन अर्थात् पूर्णिमाका दिन ऐतिहासिक सरोवर गंगा सागर, धनुष सागर, अंगराज सर, महराज सागर, रत्नसागर, दुधमती नदीमा स्नान गरेर भगवान रामजानकीको दर्शन पूजन गर्दै अन्तःगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।
कल्याणेश्वर महादेव राज जनकद्वारा स्थापित रहेको विश्वास गरिन्छ भने फुलहरमा उहाँका कूल देवी या इष्ट देवी गिरिजा माताको संगै फूलवारी रहेको धार्मिक मान्यता रहेको छ । भगवान श्रीराम र माता जानकी बीच पहिलो भेंट फूलहरमा भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएकोछ ।
त्यस्तै रामजानकीको वैवाहीक सम्बन्धको बेला मटिहानीबाट माटो खनेर ल्याएर विवाह मण्डप अर्थात मडवा निर्माण गरिएको विश्वास गरिन्छ । मटिहानीलाई मृतखनी भन्दै आएको हो । परिक्रमा विहिवार जलेश्वर पुगेछ । राजा जनकद्वारा राजधानीको चारवटै कुनामा स्थापित शिवलिंग मध्येको एक जलेश्वरनाथ हो भनि विश्वास गरिन्छ । परिक्रमावासी जलेश्वरनाथ महादेवको दर्शन पूजन गर्ने चलन रहेको छ । त्यसपछि विहिबार मडई, शुक्रबार धु्रबकुण्ड पुग्ने छ ।
त्यसपछि कंचनवन,पर्वता, धनुषाधाम,सतोषर,औरही,करुणा, विशोल हुँदै कल्यानेश्वर पुगेर जनकपुरधाम फर्किनेछ । यहाँ अन्तगृह परिक्रमा गरेपछि समापन हुनेछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले