आधुनिक चिकित्सासेवा सहित पुनः‘स्वस्तिका’ हस्पिटल संचालनमा
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम ,चैत्र २ गते । .स्वस्तिका हेल्थ केयर हस्पिटल प्रा.लि. पुनः संचालनमा आजबाट आएको छ. वि.सं. २०७३ साल देखि संचालनमा रहेको स्वस्ति का हेल्थ केयर हस्पिटल अधुनिक मेसीनबाट सस्तो र भरपर्दो उपचार दिनको लागी आजबाट सेवा संचालन भएको छ ।.
स्वस्ति का हेल्थ केयर का डा. रामदेव चौधरी ले पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भयो ।
जनकपुर धाम को जिरोमाईल स्थित संचालित स्वस्ति का हेल्थ केयर मा आयोजित पत्रकार सम्मेलन मा उहांले भन्नु भयो, जनकपुरधामक्षेत्रबाट भारत को दरभंगा,पटना, काठमाण्डौ, धरान,बिराटनगर तिर स्वास्थ्य उपचारको लागि जानु बाध्यत्मक अवस्था हटाउन हरेक प्रकार का स्वास्थ्य उपचार सेवा–सुविधा सस्तो र शुलभ दरमा उपलब्ध गराउने व्यवस्थापन गरिएको छ । बाहिर ६ लाखमा हुने शल्यकृयाको अढ़ाइ लाखमा भएको उदाहरण अस्पतालद्वारा दिइएको छ ।
चौबिसै घण्टा इमरजेन्सी सेवा दक्ष चिकित्सकहरु द्वारा प्रदान गर्दै आएको डा. रामदेव चौधरी ले जानकारी गराउनु हुन्छ। भ्यान्टीलेटर सहितको सुविधा सम्पन्न एनआइसीयू, आइसीयु सेवा सुविधा सम्पन्न ओपरेशन थिएटर, पोष्ट अपरेटीव वार्ड यहाँ संचालन भइरहको छ ।
ट्रमा÷एक्सीडेन्टके बिमारी को लागि सम्पूर्ण सुविधा सम्पन्न उपचार सेवा, प्रसुतिसेवा, सर्जरी कौस्मेटिक सर्जरी इत्यादी सुविधा समेत अस्पताल मा रहेको छ। स्वस्ति का होस्पिटलमा एक भन्दा एक चिकित्सक को व्यवस्था गरिएको ले जनकपुरधाममा संचालित अन्य नीजी अस्पतालस भन्दा पृथक पहिचान बनाउदै आएको र सेवा दिन मा पनि स्वस्तिका अगाडि रहेको पत्रकार सम्मेलन जनाएको छ ।
सो कार्यक्रम का प्रमुख अतिथि जनकपुरधाम वार्ड नं.७के वार्ड अध्यक्ष जानकी राम साह ले गर्नु भयो भने डा. रामदेव चौधरीके सभापतित्वमा सम्पन्न भयो ।
प्रमुख अतिथि साहले जनकपुरधाम मा सबभन्दा बढी अस्पताल वार्ड नं.७ मा संचालित रहेको बताउदै उहांले त्यसमा स्वस्तिका अस्पताल राम्रो रहेको भन्नु भयो. उहांले कोभिड–१९के महामारीकाल मा जनतालाई निशुल्क सेवा दिएको थप्नुभयो ।
उहांले गरीब असहाय लाई बराबर निशुल्क उपचार गर्दै आएको भन्दै हास्पिटलको प्रशंसा गर्नु भयो । सो अवसरमा डा. दिलीप कुमार यादव,डा. मनिषा भाव्दाज, डा. विकास कुमार साह , डा. मनोज प्रसाद गुप्ता, डा. शम्भु साह, डा. कृष्ण कुमार साह लगायत ले अ–आफ्नो विचार राख्नु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले