मन्थलीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
2 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिकाको सातौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता बुधबारबाट मन्थली माविको खेल मैदानमा सुरु भएको छ ।
नगरपालिका भित्रका २० वटा माध्यमिक विद्यालयले भाग लिएको उक्त प्रतियोगिताको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तरगत ६६ पदकका लागि ६ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपालबहादुर माझीको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले खेलकुदले नैतिकता, अनुशासन, सद्भाव सहितको क्षमता अभिवृद्धि गर्ने बताए । प्रतियोगिता शुरु हुनु अघी स्काउट टोलीले मार्चपास गरेका थिए । मार्चपासमा केब्स स्कुल मन्थली प्रथम, मन्थली मावि द्वितीय र तामाकोशी अङ्ग्रेजी विद्यालयले तृतिय स्थान हात पारेका थिए । प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले