+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

एमाले नेता रत्न गौतमले विद्यार्थीलाई न्यायो कपडा दिएर जन्मदिन मनाए

2 महीना पहिले प्रकाशित

रामेछाप । नेकपा एमाले प्रदेश सभा सदस्य रत्न गौतमले आफ्नो जन्मदिनको अवसरमा रामेछापकै दुर्गम गौश्वाराका २ सय ६४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

गौतमले मंगलबार आफ्नो जन्मदिनको खर्च दुर्गम गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको न्यानो कपडामा गरेका हुन् । गौतमले दोरम्बा शैलुङ गाउँपालिका–४ खारपानीको खारपानी माविका १ सय ६ जना र शिवलिंगेश्वर मावि ताम्चेतका १ सय ५८ जना विद्यार्थीलाई न्यानो कपडा उपलव्ध गराएर जन्म दिन मनाए । दुवै विद्यालय रहेको स्थान जिल्लाकै  धेरै चीसो हुने क्षेत्रमा पर्छ । गौतमले विद्यार्थीलाई जाडोमा लगाउने ट्याक सुट वितरण गरेर सामाजिक पूण्य आर्जन गरेको एमाले रामेछापका नेता काश्मीर घिसिङले जानकारी दिएका छन् । घिसिङको नेतृत्वको टोलीले विद्यालयमा पुगेर कपडा वितरण गरेको थियो ।

गौतमले यस अघि गत पुस ८ गते मन्थलीको मन्थली माविका १२ सय बढी विद्यार्थीलाई पनि ट्याक सुट वितरण गरेका थिए । सो कार्यका लागि उनले करिव १२ लाख खर्चेका थिए ।रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ६ का स्थायी बासिन्दा गौतमले रामेछापबाट बिरामी परी उपचारको लागि काठमाडौँ गएका बिरामीको उपचारका लागि निरन्तर आर्थिक सहयोग गर्दै आउनुभएको छ । त्यस्तै जिल्लामा प्रकोप पर्दा सहयोग गर्नमा उनी सधै अघी सर्दै आएका छन् । गएको बर्षायाममा टोकरपुरको लेखर्कमा पहिरो बाट प्रभावितहरुलाई गौतमले उल्लेख्य सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले