खेत बारी बगर बनेपछि नबुघाटबासीलाई बेसाहाकै भर
3 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । आफ्नो नाममा भएको १५ रोपनी खेत र बारी असोज १२ मा सुनकोशीमा आएको बाढीले वगाएपछि मन्थली नगरपालिका ६ नबुघाटकी नीता माझीलाई अहिले खेतमा काम वित्यो भन्ने पिरलो छैन । पिरलो छ त ७ जनाको परिवार कसरी पाल्ने ? ।
बाढी गएको ५ महिना भएको छैन् । तर नीताको भकारी रित्तिई सक्यो । घरमा गेडो अन्न छैन् । घरका ४ स्कुल जाने छोराछोरी र वृद्ध अवस्थाका सासु ससुरालाई मुखमा माड हाल्न कता जाउँ के गरौं भन्ने पिरलो छ । ऋण गर्दै धोक्राको चामल र अरु वेसाह खोजेर धान्नु पर्दा माझी चिन्तित हुदै गएकी छिन् । नजिकैको खुर्कोट बजारमा पुगेर धोक्रामा अन्न बेसाउदा ऋण काड्नु पर्ने बाध्यता छ । बास बस्ने घर र आगो बाल्ने दाउरा बाहेक अहिले नबुघाट माझीले अरु मेरो भन्ने केहि छैन् ।
मन्थली नगरपालिकाको सवैभन्दा दक्षिण पूर्वि कुनाको झुरुप्प माझी वस्तीमा झण्डै ५० परिवारको वसोवास छ । ति सवै परिवारको पिडा नीता माझीको भन्दा फरक छैन् । ‘असोज १२ गते नबुघाटको लागि कालो दिन बनेर आईदियो ’ स्थानीय बद्रीवहादुर माझी भन्छन् – बाढीले सबैको बाली सहितको खेत पुरीदियो । अहिले सेतो बालुवाको बगर मात्र छ । कसको जग्गा कता हो ? भन्ने कुराको टुंगो समेत छैन् । ‘यतै पथ्र्यो मेरो जग्गा’ माझी ठुलो बालुवाको बगरको बिच भागमा उभिएर साँध खुट्याउन खोज्छन् , तर एकिन सिमाना उनलाई अझै थाहा छैन । जता पनि बालुवाको थुप्रै,थुप्रो मात्र छ ।
सुनकोशीको बाढीले पारेका ठुला खाडल अनि बालुवाको ढिस्को अहिले पनि नबुघाटमा जस्ताको तस्तै छन् । ‘अव बालुवा फालेर जग्गा वनाईदियो भने खेति गरौंला भन्ने आशा त छ ’ स्थानीय चक्रबहादुर माझी भन्छन् – अन्त गाउँमा पहिले खेति गरीआएको जग्गामा कोशी हिडेको छ, धन्न नबुघाटको चाँहि बालुवाले छोपिदिएर छिडिदियो । जग्गा पहिलोको जस्तै बन्ला अनि खेति गरौंला भन्ने माझीलाई आशा लागेपछि उक्त कार्य गर्न स्थानीको बुता बाट सम्भव छैन् ।
गत बर्ष नबुघाटको जग्गामा स्थानीयले खरभुजा उत्पादन गरेका थिए । बलौटे कमलो माटो भएकाले कृषि प्राविधिकले खरभुजा लगाउन सुझाए ,नभन्दै खरभुजा मज्जाले फल्यो पनि । यस बर्ष पनि अव खरभुजाको दल राख्ने सुरसार माझीले गरेका छन् । दल राखौंला रोप्ने स्थान भएन भने के गरौंला ? माझी भन्छन् – त्यसबेला सम्म जग्गा वनाईदिने आशा लागेको छ ।
बाढीले बगर बनाएको नबुघाटको झण्डै ५ सय रोपनी जग्गामा थुप्रीएको बालुवा पन्छाउदा पहिलेको खेतबारीको माटो भेटिने विश्वास माझी परिवारमा छ । त्यहि आशामा उनीहरुले मन्थली नगरपालिकामा योजना समेत माग गरेका थिए । नगरपालिकाले उक्त कार्यका लागि ६ लाख रुपैयाँ विनीयोजन गरेको छ । वडा अध्यक्ष अशोक तामाङ भन्छन् – विनीयोजन भएको बजेटले बालुवा पन्छाएर पहिलेको जमिन देखिने वनाउनका लागि पुग्ने अवस्था छैन् , जति पुग्छ अव काम थाल्ने सोचमा छौं ।
पचास परिवारको बसोवास रहेको नबुघाटमा भएको जग्गा त्यत्तिनै हो । घर भएको तिर थोरै पखत पनि छ । पखतमा सवैको जग्गा छैन् । जसको छ, त्यसमा पनि अधिकांशमा खेति छैन् । खानेपानीका ल्याएको पानी जम्मा गरेर थोरैले करेसाबारी हरियो पारेका छन् ।
बाढीले सिंचाई प्रणाली लथालिङ्ग पारेको छ । बगरको छेउमा सिंचाईका लागि पानी तान्न बनाइएको इनार पुरीदियो । केहि रिङ उचालेर फालिदियो र प्यानलबोर्ड भएको घर भत्काएर लग्यो । मेसिन पुरिएको अवस्थामा होला भन्ने अनुमान स्थानीयले गरेका छन्, तर खोतलेर हेरेका छ्रैनन् । बाढीले विजुलीका केहि पोल भाँचिदियो । बाँकी रहेका पोल झण्डै आधा पुरिएका अवस्थामा होचा देखिएका छन् । सिंचाईका लागि प्रयोग भएका ठुल्ठुला पोलिथिनका पाईप र सिमेन्ट जोडाईको नहर बगाइदिएको छ ।
‘पहिले जग्गा वनाऊ, त्यसपछि सिंचाईको प्रवन्धका लागि लागौंला’ तीन दशक अघी जनप्रतिनिधि समेत रहेका गाउँका वृद्ध काले माझी भन्छन् – विपत्ति लाग्यो, अहिले सम्म नपसेको कोशी नबुघाटमा पस्यो । गाउँकै वृद्धमा पर्ने काले माझी बाढी गएको ४ महिना वित्तिसक्दा पनि गाउँमा सहयोग गर्ने कोहि नआएकोमा चिन्तामा छन् । गाउँमा कोहि नौलो मानिस देख्खा साथै माझी राहतको आशा गर्छन् । तपाईहरुले के राहत लिएर आउनु भएको त ? आईतबार नबुघाट पुगेका संचारकर्मी संग काले माझीले भने – एक बोरा चामल बाहेक यतिन्जेल सम्म केहि पाईएन गाँठे ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले