घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको अध्यक्षमा नबिन कुमार घिमिरे निर्बिरोध
3 महीना पहिले प्रकाशित

रामेछाप । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको पहिलो जिल्ला अधिवेशनले नबिन कुमार घिमिरेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्वाचित गरेको छ ।
शनिबार मन्थलीमा भएको प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो । समितिको महिला उपाध्यक्षमा अञ्जु घिमिरे, उपाध्यक्षमा दामोदर प्रसाद घिमिरे, सचिवमा सुन्दर घिमिरे, सह सचिवमा बेदकुमार घिमिरे र कोषाध्यक्षमा सुन्दर घिमिरे रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विनोद घिमिरे, दुर्गा घिमिरे, रञ्जु घिमिरे, अप्सरा घिमिरे, शिवजी घिमिरे, शिवजि घिमिरे, डोरदेव घिमिरे, सरस्वति घिमिरे, विनोद घिमिरे, रञ्जु घिमिरे, द्रोण घिमिरे र यशोदा घिमिरे रहेका छन् ।
प्रतिष्ठानको जिल्ला तदर्थ समितिका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको उक्त अधिवेशनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटनका क्रममा घिमिरेले समाजका विभिन्न भागमा छरिएर रहेका घिमिरे वन्धुहरुलाई एकै संस्थामा ल्याउन र एकअर्काको सहयोगी भावनाको विकास गर्नका लागि प्रतिष्ठानले काम गर्नुपर्ने वताएका थिए । कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) लगाएतका बक्ताले प्रतिष्ठानको महत्व र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा चर्चा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले