उच्च अदालतले जनशक्तिको अभाव झेल्दैः२५ प्रतिशत मुद्दा मात्र फर्छयौट
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, फागुन २१ गते । उच्च अदालत जनकपुरधामले मुद्दा फर्छयौटको वार्षिक लक्ष्यमा पुग्न नसक्नुको प्रमुख कारण कानुनी ज्ञान भएको जनशक्तिको अभाव रहेको छ ।
उच्च अदालत जनकपुरधाम ले सार्वजनिक गरेको प्रगति विवरणमा चालु आर्थिक वर्षमा लक्ष्यको २५.५ प्रतिशत मुद्दाहरु मात्रै फर्छयौट गर्न सकेको देखिन्छ । चालु आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छयौट गर्ने लक्ष्यको आधारमा माघ मसान्त सम्म २ हजार ३ सय ४५ मुद्दा फर्छयौट गर्नुपर्ने थियो । तर अदालतले चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा मात्र ५ सय ९८ मुद्दाहरु फर्छयौट गर्न सकेको छ ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खङ्गराज अधिकारीले लक्ष्य अनुरुप मुद्दाहरुको फर्छयौट गर्न नसकेको कोरोना महामारी र कानुनी ज्ञान भएको जनशक्ति अभाव रहेको बताउनु भयो । उहाँले समयमा मुद्दाहरु फर्छयौट हुन नसक्दा मुद्दाका चाप बढ्दै गईरहेको सुनाउनु भयो ।
उच्च अदालत जनकपुरमा ९६ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको रजिष्ट्रार अधिकारले जानकारी गराउँदै कानुनी ज्ञान भएको जनशक्ति अभाव भएकै कर्मचारीहरुबाट काम निकाल्नुपर्ने बाध्यता रहेको भन्नुभयो ।
उहाँले उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेको जानकारी दिनुभयो । उच्च अदालत जनकपुरमा २०७७ साउनदेखि माघ मसान्त सम्मको पेशी संख्या ६ हजार ८ सय ८ रहेकोमा पक्षबाट ६सय १५ स्थगित भएको बताउँदै उहाँले त्यसमा कानून व्यवसायीबाट १ हजार ६ सय ३ वटा रहेको भन्नुभयो । मुद्दा हेर्न नभ्याइएको १ हजार २ सय ३०, हेर्न नमिल्ने ३५, सरकारी वकिलबाट स्थगित भएको ५ सय ४, फैसला भएको ५ सय ९ र आदेश गरिएका २ हजार १ सय ३९ वटा मुद्दाहरु रहेको उहाँले जानकारी गराउनुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले