रामायण भवन निर्माणको लागि ज्ञापन
8 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,श्रावण २७ गते । गुठी संस्थान द्वारा संचालित जनकपुरधामका श्री राम मन्दिर परिसरलाई संरक्षण तथा सौन्दर्यकरण गर्नको लागी गौसंरक्षण मंच केन्द्रिय कार्यालयले ज्ञापन पत्र बुझाएको छ ।
गौ संरक्षण मंच नेपालका अध्यक्ष जगदिश महासेठ द्वारा गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम लाई बुझाएको ज्ञापन पत्रको बोधार्थ एवं कार्यार्थ पत्र मधेश प्रदेशका मुख्यमंत्री सतिशकुमार सिंह संग भेटेर दिनु भएको छ ।
मुख्यमंत्री सिंहले मठ मन्दिरको सुरक्षा तथा सम्बर्धन गर्ने अभिभार बोकेको गुठी संस्थान लाई छुुन अधिकार नरेको बताए थियो । तर, रामायण भवन र मन्दिर अगाडी को पार्कको सौन्दर्य करणको लगि पहल गर्ने अस्वाशसन मुख्यमंत्री सिंहले दिनु भएको महासेठ ले बताउनु भयो ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम का कार्यलय प्रमुख आनन्द प्रसाद कर्माचार्य लाई तीन बुन्दे ज्ञापन पत्र बुझाएको उहाँले बताउनु भयो ।
सो अवसरमा गौ संरक्षण मंच नेपालका अध्यक्ष जगदिश महासेठ लगायतका उपस्थितिमा बुझाएको छ । ज्ञापनपत्रमा मर्यादा पुरुषोत्म श्रीराम भगवानको मन्दिर “राम मन्दिर” तथा राम मन्दिरको अगाडीमा रहेको कम्पाउण्ड समेतका बगैंचा फुलबारी र श्रीराम मन्दिर अगाडी रहेको धनुषा सागरको पश्चिम डिलमा रहेको “श्रीरामायण भवन” को संरक्षण, सम्बद्धन र सौन्दर्यकरणका मांग गरिएको छ ।
देव स्थल जनकपुरधामको श्री राम मन्दिर श्री जानकी मन्दिर सिंगो नेपालको प्रतिनिधित्व गरि रहेको छ । त्यस ऐतिहासिक स्थलको संरक्षण र सम्बद्र्धन गर्ने सम्पूर्ण दाईत्व गुठी संस्थान एवं नेपाल सरकारको भएकोले सो ज्ञापन पत्रको बोधार्थ प्रधान मंत्री कार्यालय, संघीय संसदिय सचिवालय, प्रदेश संसद सचिवाल लगायतका दर्जनौ ठाउँमा बुझाईएको छ ।
स्थानिय युवा मनिश रमण साह भन्छन,‘ गुठी संस्थानले राम मन्दिरको अधिनमा रहेको जमिनको मनखप असुल गर्ने तथा बहुमुल्य जग्गाहरु बिक्री गरेर कोषमा लग्ने गरेको हो । तर, राममन्दिर अधिनमा रहेका मठ मन्दिर पाटी पौआमा कुनै प्रकारको लगानी नगरिरहेको ले गुठीको बिरुद्धमा अब आन्दोलन चलानउनु पर्नेछ ।’
उहाँले त्यसको प्रमुख उदाहरण राम मन्दिर अधिनमा रहेको जनक मन्दिर,रामायण भवन लगायत रहेको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले