अग्रपंक्तिमा खिटिनेहरु पछि जेष्ट नागरिकलाई खोप
4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन १० गते । कोविडको खोप अग्रपङ्तिमा रहेकाहरुलाई लगाउने कार्य फागुन ८ गतेसम्म जारी रहने छ । यसपछि चाँडै जेष्ट नागरिकलाई खोप लगाउने कार्यक्रम भईरहेको छ ।
कोविड खोप लागाउने दोश्रो चरणको कार्यक्रम फागुन २ गतेबाट भएको छ । यो खोप कार्यक्रम फागुन ८ अर्थात भोली शनिवारसम्म चल्नेछ । खोप कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय धनुषा,जनकपुरधाम उप महानगरपालिका लगायतका केन्द्रहरुबाट भईरहेको छ ।
दोश्रो चरणको खोप कार्यक्रममा छुटेका स्वास्थ्यकर्मी, निजामति कर्मचारी,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी, जनपथ प्रहरी, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी, बैंक वितिय समुहका कर्मचारी, न्याय सेवा, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीलाई खोप लगाउँदै छन ।
भारत सरकारबाट अनुदानमा प्राप्त कोभिड खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सफाईका कर्मचारीलाई खोप लगाएको थियो । अग्रपंक्तिमा भएकाहरुलाई सरकारले माघ १४ देखि लगाउने कार्यक्रम आरम्भ भएको थियो ।
अब तेश्रो चरणमा जेष्ट नागरिकलाई खोप लगाईने कार्यक्रम छ । फागुन २३ वा त्यो भन्दा अगाडिबाटै ६० वर्षभन्दा माथि उमेर भएका मानिसहरूलाई खोप दिने कार्यक्रम रहेको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भन्नुभयो, ‘खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए अझ चाँडै नै हामी ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई खोप लगाउँदैछौँ ।’
मन्त्री त्रिपाठीका अनुसार ६० वर्षभन्दा माथिका करिब २८ देखि २९ लाख जनसङ्ख्या रहेको छ । र ५५ वर्ष भन्दा माथिका समेट्ने हो भने ३७ लाख जनसङ्ख्या रहेको आकलनबमोजिम मन्त्रालयले खोप व्यवस्थापन गरिरहेको छ ।
भारतबाट अनुदानमा प्राप्त कोभिशील्डको दश लाख मात्राको सुरुवाती चरणमा अग्रपङ्तिमा खटिनेहरूलाई सरकारले खोप उपलब्ध गराइरहेको छ ।
मंत्री त्रिपाठीले अहिलेसम्म हामीले अस्पतालमा बोलाएर खोप दिइरहेका थियौँ । तर, अबको चरणमा खोप केन्द्रहरूमार्फत् खोप दिलाइने भन्नुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले