मिठाई र डेरीको दौरमा श्री राम लस्सी एण्ड स्वीट्सको तेश्रो शाखा संचालनमा
9 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, साउन १९ गते ।श्री राम लस्सी एण्ड स्वीट्सको तेश्रो शाखा श्री राम स्वीटस एण्ड डेरी उद्योग शुक्रबारदेखि संचालनमा आएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामका ग्राहकलाई स्वच्छ तथा गुणस्तरीय मिठाईका परिकारहरु पस्कने उद्देश्यले शाखा विस्तार गर्दै मिल्स एरिया स्थित रेल्वे लाईनको उत्तरमा एक पसलको उदघाटन गरिएको छ ।
यस अघि जनकपुरधामको मिल्सएरियाको शुभ चौकमा र पिराडी चौक स्थित श्रीराम लस्सी एण्ड स्वीट्स पसल संचालनमा रहेको थियो। तेस्रो शाखाको शुक्रबार उदघाटन गरिएको हो । डेरी उद्योग समेत रहेको सो मिठाई पसलको उदघाटन जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले गर्नुभयो।
श्रीराम लस्सी एण्ड स्वीट्स पसमा दूधका परिकारहरुको साथै मिठाईका ५६ परिकार सेवाग्राही बीचमा पस्किने संचालक छोटेलाल गुप्ताले जानकारी गराउनु भयो । उहाँले जनकपुरधामका मिठाई पसलहरूमा मूल्य एकरुपता नरहेको समयमा गुणस्तरीयताको ध्यानमा राख्दै ग्राहकलाई असर नपर्ने गरी उचित मूल्यमा मिठाईका विभिन्न परिकारहरु उपलब्ध गराउने प्रति संधै सचेत रहने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले