मधेश प्रदेशको राजधानी जनकपुरधाममा पासोलागी एक महिलाको मृत्यु
9 महीना पहिले प्रकाशित

धिरेश दत्त, जनकपुरधाम, साउन ९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधामको वार्ड नं.४ जानकीनगरमा मंगलबार मध्यान्ह मनिष चौधरीकी श्रीमती अन्दाजी बर्ष ३१ की रिंकी देवीले आफै पासो लागाई आत्महत्या गरेको भनी उनका श्रीमान् मनिष चौधरीले बताए ।
तर, मृतकको माईती पक्षले यो आत्महत्या नभई हत्या भएको दावी गरेका छन् । मृतककी बुवाा चन्देश्वर जयसवालले छोरीको बिहे गरेको ७ बर्ष भई सकेको र बर्ष दिन नबित्दै छोरी रिंकीलाई मारपिट,गालीगलौंज र बिभिन्न किसिमको यातना दिदै आईरहेको आरोप लगाए ।
उनले भने “मेरो छोरीलाई ज्वाईले बिगतमा पनि बिभिन्न यातना र मारपिट गर्दै माईतबाट पैसा ल्याउनका लागी दवाद दिईरहन्थे । रिंकीकी भाई अर्थात् मेरो छोरोले मलाई थाहा नदिईकन दुई चोटी रकम दिएको बताए । ज्वाईको अर्कै स्त्रीसँग सम्बन्ध रहेको उनले थपे । बिहेको समयमा छोरीलाई १५ तोला सुन दिएको तर उसँग एक आना पनि सुन नभएकाले त्यो सुन के भयो भनी उनले प्रश्न समेत गरे ।”
उनले “मेरो ज्वाईं मादकपदार्थ सेवन गरि छोरीलाई मारपिट गर्दै पेस्तोल पनि तेस्र्याएको थियो । त्यसबेला हामी आफै आएर परपञ्चायत गरेका थियौं र त्यसबेलामा समाजसेबीहरु क्रमशः संजय सिंह, बिभा ठाकुर र मनोज चौधरीको रोहबरमा परपञ्चायत गरि समस्या सुल्झाएको थिए । ती पञ्चहरुले अब तपाईको छोरी हाम्रो छोरी भएकाले अब उपरान्त हाम्रो जिम्मेबारी रहेको स्वीकार गरेपछि मात्र हामी त्यहाँबाट फर्केको उनले आँखाबाट आँशु झार्दै बताए ।”
मृतकको एउटा ६ बर्षको छोरो पनि रहेको छ । छोरोले आमासँग बुवाले जतिखेर पनि खाली पैसा माग्नु हुन्थ्यो, आमाले पैसा छैन भनी भन्दा आमालाई बुवाले बेस्सरी लातीले हिर्काउनु हुन्थ्यो ती बालकले आँखाबाट आँशु झार्दै बताए । बालक अहिले अक्क–बक्क केहि बोल्ने स्थितिमा छैन । बालकालाई उनको मामाले आफ्नो रोहबरमा राखेको छ ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रमुख सँग बुझ्दा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं अहिले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केहि भन्न सक्ने बताए । दोषी जोकोहि भएपनि तिनलाई हामीले अवस्य कानूनको कटघरामा ल्याउनेछौ बताए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले