गीतकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान
9 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,श्रावण ९ गते । साहित्यकार एवं पत्रकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान पुरस्कार पाउने भएको छ ।
गोरखापत्र संस्थानका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार तथा साहित्यका सिताराम अग्रहरी ले विहिवार गीतकार तथा साहित्यकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा पुरस्कार दिने निर्णय गर्नु भएको छ ।
बरिष्ठ पत्रकार एवं साहित्यका अग्रहरीले आफ्ना पिताश्री स्वर्गीय लखनराम अग्रहरिको पावन स्मृतिमा स्थापित गर्नुभएको हो ।
वरिष्ठ पत्रकार एवं साहित्यकार सीताराम अग्रहरिको अध्यक्षतामा आयोजित बैठकमा सो संस्थाका सह अध्यक्ष मधुदेवी को समेत उपस्थितिमा उक्त निर्णय भएको जनाएको छ ।
कर्मयोगी लखनराम सेवा सम्मान समितिका अध्यक्ष सिताराम अग्रहरीद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कर्मयोगी लखनराम सेवा सम्मान २०२४ जनकपुरधाम निवासी बहुमुखी प्रतिभाका धनी संघर्षशील मैथिली साहित्यकार गीतकार, पत्रकार, लेखक, फिल्म, एल्बम सर्जक एवं पूर्व राष्ट्रीय क्रिकेट खेलाडी अशोक दत्तलाई प्रदान गर्ने निर्णय गरेका छौं ।’
डेढ बर्षकै उमेरमा हजुर बुबाको निधन पश्चात् पिताजी लखनरामको जीवन ठूलो आंधीबेरीबाट गुज्रिएको उहाँले इतिहास बताउनु हुन्छ । उहाँ अगाडी लेख्नु हुन्छ, ‘कलम थाम्नुपर्ने कलिलो हात काममा लाग्नुपर्ने बाध्यता भो । कहिले हरेस नखाने र सदैव अघि हेर दर्शनमा विश्वास गर्ने कर्मयोगी पिताजीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हौं।’
यसैक्रममा संघर्ष र जीजिविषाका पर्याय, लेखनलाई नै जीवन वृति बनाउंदै समाजको उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्नु भएका श्री दत्तलाई सम्मानित गर्न निर्णय गर्दा हामीलाई अत्यन्त खुशी लागेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
अन्तमा उहाँ लेख्नुहुन्छ, उहांको सुस्वास्थ्य तथा यश, कीर्ति श्रीवृद्धिको मंगल कामना गर्दछौं।’
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले