पत्रकार महासंघ धनुषामा तीन दलले लगाएको ताला खोलियो
10 महीना पहिले प्रकाशित
_1717943638.jpg)
धिरेश दत्त
जनकपुरधाम, जेष्ठ २७ गते । जनकपुरधामःपत्रकार महासंघ धनुषामा तीन दलले लगाएको ताल्चा आज (आईतबार) खोलिएको छ ।
पत्रकार महासंघ धनुषाले शुद्धिकरणको नाउँमा लोकतान्त्रीक आस्था भएका व्यवसायिक एवमं सक्रिय पत्रकारहरुलाई काँटछाँट गर्ने र खास संगठनका पक्षमा मतभार बढाउने निस्क्रिय एवमं गैर पत्रकारलाई नवीकरण तथा सदस्यता दिने प्रपञ्च बिरुद्ध तीन दल क्रमशःसमाजवादी प्रेस संगठनधन धनुषा,नेपाल प्रेस यूनियन धनुषा र प्रेस मंच नेपाल धनुषाले जेठ २५ गते लगाईएको ताल्चा आज (आईतबार) खोलिएको छ ।
ताल्चा खोल्ने क्रममा बिभिन्न संघ संगठनका पदाधिकारी लगायत नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत,कोषाध्यक्ष राज कमल सिंह, समाजवादी प्रेस संगठनधनका जिल्लाध्यक्ष अकुल प्रसाद साह, जिल्ला सचिब धिरेश दत्त, प्रेस मञ्च नेपालका जिल्लाध्यक्ष अर्जुन कुमार मण्डलको समेत उपस्थिति रहेको थियो ।
समाजवादी प्रेस संगठनधनका जिल्लाध्यक्ष अकुल प्रसाद साहले “परिवर्तित परिस्थितमा सदस्यता शुद्धिकरण प्रक्रिया विवादित छ भनी सब पक्षले स्वीकार गरेको अवस्थामा र यस समस्यालाई समाधान गर्न समाजवादी प्रेस संगठन धनुषा लगायत अन्य संस्थाले निरन्तर दबाब बनाई रहेकाले तत्कालकालागी हामीले आन्दोलनको स्वरुप परिवर्तन गरी नेपाल पत्रकार महासंघ धनुषामा लगाईएको ताल्चा खोलेका छौं” बताए ।
तर,महासंघले सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्न निष्पक्ष ढंगले सम्पादन गर्ने परिस्थिति नबनाएमा हामी पुुनः तलाबन्दी लगायत थप कठोर संघर्षका कार्यक्रम गरिने र त्यस अबिधिमा महासंघको कुनै पनि कार्यक्रम हामीले कुनैपनि हालतमा हुन दिनेछैनौंैं भनी चेताबनी समेत दिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले