सारथि नेपालद्वारा मौरी पालन तालिम सञ्चालन
10 महीना पहिले प्रकाशित

नबिन पोखरेल
महोत्तरी, जेष्ठ २० गते । बर्दिबास मौरी पालनको उत्कृष्ट स्थान बन्न सक्ने किसान र विज्ञहरुको ठम्याई पछि सारथि नेपाल नामक संस्थाले नगरभित्रका विभिन्न वडामा मौरी पालिरहेका अथवा पालन इच्छुक किसानहरुलाई तालिम दिएको छ ।
१९ गते शनिबारका दिनबाट सञ्चालन भएको उक्त कार्यक्रम २३ गते बुधबार सम्म चल्ने छ । ५ दिनसम्म चलने उक्त कार्यक्रम बर्दिबास नगरपालिकाको आर्थिक सहयोग र सारथि नेपालको आयोजनामा शुभारम्भ भएको छ ।
प्रमुख अथिति प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले “मौरी आफैमा शुभ र सम्पन्नताको संकित हो भन्ने परम्परागत मान्यता रहेको छ । यस्तो परम्परागत मान्यता रहेको मौरी पालनलाई व्यवसायिक रूपमा अगाडि बढाउने जमर्को गरेकोमा संस्थालाई विशेष धन्यबाद व्यक्त गरेका छन् । बर्दिवासको गौरी डाँडामा संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा भनेका छन् । यस व्यवसाय अपनाउँदा किसानहरूले सहज रुपमा राम्रो लाभ लिन सक्नेछन् भन्ने उद्देश्यले संस्थाले सञ्चालन गर्न लागेको कार्यक्रमलाई नगरपालिकले सहयोग गरेको पनि बताएका छन् ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रवक्ता तथा वडा न १४ का वाड अध्यक्ष विजय सिंह महतोले राम्रो कामको थालनी हुनलागेको शुभकामना व्यक्त गरे ।
कृषि ज्ञान केन्द्रका प्रतिनिधि तथा यस कार्यक्रमका प्रशिक्षक राजकिशोर यादवले लालिमको महत्त्व प्रकाश परेका थिए ।
मौरी पालक किसान तथा प्रशिक् खुस कुमार खड्का सहितको समुहले प्रशिक्षण दिने छन् ।
पर्यावरणलाई जोगाउँदै आत्मनिर्भर बन्न र बनाउन सक्ने व्यवसायिक सिप दिन लागेको हो । संस्थाका अध्यक्ष शर्मिला घिमिरेले बताइन् ।
कार्यक्रमको सञ्चालन विनयस्वर कृषक समूहका अध्यक्ष रीता भट्टराईले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले