+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

इतिहास बोकेको सय बर्ष पुरानो मन्दिरमा प्रबेशद्धारको समुद्घाटन

4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, फागुन ८ गते । कपिलबस्तुको यशोद्धरा गाँउपालिका ८ सिहोखोर स्थित समय माई मन्दिरको नव निर्मित प्रबेशद्धारको समुद्घाटन गरिएको छ । यशोद्धरा गाँउपालिका ७ सोमडिहका पुर्व शिक्षक तथा समाजसेवी अम्ब्रीश पाठकको ५ लाखको व्यक्तिगत लगानीमा निर्माण गरिएको सो गेटको पुर्व कानुन मन्त्री तथा कपिलबस्तु क्षेत्र नं. २ का संघीय सांसद बृजेश कुमार गुप्गाले रिबन काटेरे समुद्घाटन गर्नु भएको हो ।
करिब सय बर्ष पहिले यस क्षेत्रमा प्राय खडेरी हुने भएकाले डिंगरहिया नदी बाध रोक्न जति प्रयास गरेपनि नदीको पानी नरोकिएकाले स्थानियहरु बाध रोक्न निराजल ब्रत बसेका थिए । त्यस बेला पाठक परिवार की अभिभावक बुढिया माई (हजुर आमा)ले स्थानियहरुलाई खाना खुवाएर आफु त्यो बाधमा समाएकी थिइन अनि मात्र बाध रोकिएको स्थानियको भनाई छ । आफ्नो ज्यानको आहुती दिएर यस क्षेत्रलाई बिपदबाट जोगाएकी बुढिया माईले मन्दिर स्थापना गर्न भनेर नै यस क्षेत्रमा समय माई मन्दिरको स्थापना गरिएको पाठक परिवारका राकेश पाठकले जानकारी गराउनु भएको छ ।
इतिहास बोकेको एक सय बर्ष पुरानो यो मन्दिरमा सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने, भाकल पुरा हुने धार्मिक विश्वास रहेको छ । धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेकोले यस स्थानमा आउने पर्यटक लाई सजिलो होस भन्ने पुर्व शिक्षक तथा समाजसेवी अम्ब्रीश पाठकले सो प्रबेशद्धार निर्माण गर्नु भएको हो । पछिल्लो समय यशोद्धरा गाँउपालिकामा ग्रामिण सडक निर्माण भएपछि सवारी साधनमा मन्दिर सम्म पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले