संघीयता स्थापना पश्चात् मधेशको विकास अनुसन्धान गर्न समाजशास्त्री डा.गौतम सिरहामा
11 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, जेष्ठ ७ गते । मुलुकमा संघीयता स्थापना भए पश्चात् मधेशको विकास हेर्न बुझन एवं अध्ययन गर्नका लागि समाजशास्त्री डा. भास्कर गौतम सिरहा पसेका छन ।
संविधानमा संघीयता शब्दको उल्लेख गराउनको लागि मधेश जनविद्रोह भएको थियो । त्यसको सूत्रपात सिरहाको लहानबाट भएको थियो । यी कुराहरुलाई मध्यनजर गर्दै डा गौतम लहान पुग्नु भयो । उनि लहान पुग्दा समाजसेवी तथा वरिष्ठ पत्रकार रामरिझण यादव संग जम्का भेट भएको थियो।
समाजसेवी यादवले उनलाई सिरहाको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडक भएर जिल्लाका विभिन्न ठाउँमा लग्नुभयो । उहाँले हुलाकी सडक क्षेत्र किन र कसरी पछाडी पारियो बारे जानकारीका लागि व्यथाले भरिएका कथाहरु तथा तथ्यपूर्ण वृतान्तहरू सुनन लगाउनु भयो ।
समाजसेवी यादव भन्नुहुन्छ, ‘अध्ययेताहरू वर्षौदेखि महेन्द्रराजमार्गको चश्माबाट मात्र सिरहालाई अांकलन गर्दै आएका छन । त्यसैले हुलाकी सडकको वरिपरी बसिरहनु भएका लाखौलाख नीरिह जनताका जनजीवन ओझलमा परेको देखाको छु ।’
सिरहा हरेक दृष्टिकोणबाट दुइटा जिल्लामा विभाजित हुन पुगेको बताउँदै यादव थप्नुहुन्छ एउटा महेन्द्र राजमार्गीय सिरहा र अर्को हुलाकी सडकीय सिरहा रहेको हो ।
बरिष्ठ पत्रकार यादव ले विगत केही वर्षदेखि यो अविवाहित युवामा देखिएका लक्षणहरूले आमिर खानको ‘पिके फिल्म’ झझल्को भईरहेका बताउनु भयो । उनि कुनै अर्कै लोकका मानिस(एलियैन) त होइनन कि भन्दै उनि अगाडी भन्नुहुन्छ,‘उनी आफ्नो नामको अगाडी विशेषण नथपि भास्कर गौतम भनेर चिनाउन चान्छन ।’
उनि जपानबाट विद्याबारिधि पि एच डि गरेर फर्किसके पनि आफूलाई भास्कर गौतम मात्र लेख्छन रुचाउँछन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले