धनुषा निर्माण व्यवसायी संघमा पुनःचौधरी निर्वाचित
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, चैत २६ गते । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक चौधरी निर्वाचित भएका छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघमा चैत्र २४ गते सम्पन्न मतदानको परिणाम चैत्र २५ गते निर्वाचन आयुक्त कामेश्वर झा ले प्रकाशन भएको छ ।
सो निर्वाचन परिणाम अनुसार चौधरी २ सय ३९ मत ल्याएर विजयी भएका छन । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले लोकप्रिय ले १ सय ७५ मत पाएका छन् ।
त्यसैगरि उपाध्यक्ष पदमा जय प्रकाश साह (पप्पु) १ सय ३९ मत ल्याएर विजयी भएका छन । उहाँका निकटतम प्रतिद्वन्द्वी विकास कुमार साहले १ सय १८ मत पाएका छन् । यो भन्दा अघिको निर्वाचनवाट उनि महाचविमा निर्वाचित भएका थिए ।
संगठनमा उनी सक्रिय रहने गरेको हुनाले निर्माण व्यावसायीले उपाध्यक्ष पदमा निर्वाचित गरिदिएका छन । ।
त्यस्तै महासचिव पदमा रुपेश सिंह मुन्ना १ सय ३४ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वीे रुपमा राजेश दास ले १ सय १ मत पाएका छन् ।
यो भन्दा अघिको कार्यकाल मा मन्ना कोषाध्यक्ष पद सम्हालनु भएको थियो ।
उसैगरी सचिव पदमा मनोज कुमार साह २ सय ८ मत ल्याएर निर्वाचित भएका छन । उहाँका निकटतम प्रतिद्वन्द्वी संतोष कुमार मुखिया ले ९३ मत पाएका छन ।
कोषाध्यक्ष पदमा लक्ष्मण कुमार यादव ले १ सय ६४ मत ल्याएर विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी सुनिल कुमार साह ले १ सय ३२ प्राप्त गरेका छन ।
त्यस्तै घ वर्गबाट तीन जना सदस्य पदका लागि भएको मतदानबाट राजिव कुमार साह २ सय ११ मत, दिपक यादव १ सय ९८ मत र कमलेश कुमार जयसवाल १ सय ८४ मत बाट निर्वाचित भएका छन ।
उक्तपदमा आठ जना उम्मेदावर भएको निर्वाचन आयुक्त कामेश्वर झा ले जानकारी गराउँदै भन्नुभयो त्यसमा निकटतम प्रतिद्वन्द्वी शिव कुमार ठाकुर ले १ सय ३८ मत पाउनु भयो ।
निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघ संघ धनुषाको विधान अनुसार क वर्गबाट ख वर्गबाट र ग वर्गबाट एक एक जान कार्यसमिति सदस्य पदमा निर्वाचन गर्ने प्राब्धान रहेको छ । त्यसमा क वर्गबाट संतोष कुमार यादव ख वर्गबाट सुभाष चन्द्र चौधरी को मात्र नोम्नेशन परेको ले उनि दुबै जना निर्विरोध निर्वाचित भएका छन । तर, ग वर्ग का निर्माण व्यावसायी बाट कसैको उम्मेदवारी नपरेको हुनाले उक्त पद रिक्त रहन गएको छ ।
निर्वाचन आयुक्त झा का अनुसार कूल मतदाता संख्या ५ सय ९६ रहेको छ । त्यसमा ५ सय ६ मत खसेको थियो । बदर मत ३ रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले