समाजवादी प्रेस सगठन धनुषाको सधारण सभा सम्पन
1 वर्ष पहिले प्रकाशित

भोला यादब, जनकपुरधाम
जनकपुरधाम, फाल्गुण १९ गते । समाजवादी प्रेस संगठन धनुषाले आज विहान बिशेष कार्यक्रमका साथ प्रथम सधारण सभा भव्य तरिकाले मनाएको छ ।
समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष अकुल प्रसाद साहको अध्यक्षता तथा मधेश प्रदेशका कृषि मन्त्री माननीय गोविन्द बहादुर न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा बृहतर जनकपुर विकास क्षेत्रका अध्यक्ष सितल साह, समाजवादी प्रेस सगठनका केन्द्रीय अध्यक्ष विष्णु मनि सुवेदी, मधेश प्रदेश अध्यक्ष प्रविण साह लगायत बिभिन्न प्रेस संगठनहरुका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा समाजवादी प्रेस सगठन धनुषाका स–सचिव धिरेश दत्तले स्वागत मन्तवय दिएका थिए । त्यसैगरी विभिन्न सञ्चार कर्मीहरुवाट शुभकामना व्यक्त गरियो ।
कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्री माननीय गोविन्द बहादुर न्यौपानेले पत्रकारीकताको मर्म र धर्म दुवै समाजवादको दिशातिर अग्रसर हुनेकुरा बताएका छन् । वहाँले प्रेस संगठनका पत्रकारहरुलाई समाजवादको सिद्धान्तबाट अगाडि बढनु पर्नेकुरा वताएका छन् । शुभकामना दिदै वहाँले पत्रकारको बृद्धि विकासका लागि यस संस्थाले कामगर्ने कुरा वताएका छन् । पुजिवादलाई समाजवादसंग समनव्य गरेर सकारात्मक बिचारलाई संरक्षण दिनुपर्ने कुराका वहाको विशेष जोड थियो ।
चटपटे समाचारले पत्रकारीकता माथि प्रश्न खडागरेको कुरा राख्दै पेशा प्रति जिम्मेवार भए सबै प्रश्न को उत्तर पाउने कुरा वहाँले वताउनु भएको छ ।
सो कार्यक्रमा मिडिया काउन्सिलका अध्यक्ष कैलास दास, आम सञ्चार प्राधिकरण का अध्यक्ष श्याम सुन्दर यादब, नेपाल पत्रकार महासंगका अध्यक्ष मोनिका झा, पूर्व अध्यक्ष अनिल कुमार मिश्र, नेपाल प्रेस युनियनका अध्यक्ष राजन सिंह, प्रकाशक महासंगका महासचिव उपेन्द्र भगत नागवसी, प्रेस चौतारी धनुषाका अध्यक्ष अबधेश कामत, मधेसी पत्रकार समाजका प्रदेश अध्यक्ष बिरेन्द्र रमन, प्रेस सेन्टर धनुषाका अध्यक्ष संविब मंण्डल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष किरण कर्ण, बिद्यापती कोषका पूर्व अध्यक्ष डा. रामसागर पण्डित, समाजवादी प्रेस सगठन मधेश प्रदेशका सदस्य ओम प्रकास साह, समाजवादी प्रेस सगठन महोत्तरी अध्यक्ष सरिता घीमिरे लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमका अध्यक्ष अकुल प्रसाद साहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै खुल्ला सत्रको कार्यक्रम समाप्न भएको घोषना संगै कार्यक्रम समाप्न गरेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले