+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

प्रदेश २ को गौरवःमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उद्घाटन

4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, फागुन ५ गते । प्रदेश २ को सरकारले प्रदेशको गौरव बढाउनेगरी आजबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उदघाटन संगै कार्यालय संचालनमा आएको छ ।
प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उद्श्यबाट सोही अस्पतालको प्राङ्गण भित्रै सो प्रतिष्ठानको कार्यालय मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उदघाटन गर्नुभएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताललाई बनाउँदा धार्मिक नगरिको रुपमा चर्चित जनकपुरधामको नाउमा एउटा अझ विशेषता थपिएको छ । रेफर केन्द्र होईनकी सम्पुर्ण उपचार अब यहाँ हुने भएको छ ।
मुख्यमन्त्री राउतले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उदघाटनगर्दै यो प्रतिष्ठानको कार्यालय संचालनमा आएपछि प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको र यसबाट स्वास्थ्य क्षेत्रमा सुधार आउने बताउनु भयो । प्रदेश २ को स्वास्थ्य सूचकांममा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेकोलाई प्रतिष्ठानले उकास्नमा ठुलो टेवा दिने विश्वास उहाँले व्याक्त गर्नुभयो ।
मुख्यमंत्री राउते सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षो पुरानो अकांक्षा प्रतिष्ठानको स्थापनाले अब चाँडै पुरा हुने बताउनुभयो ।
संघीय सरकारको गलत नीतिका कारण आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको आरोप लगाउँदै उहाँले सो लक्ष्य प्रतिष्ठानको स्थापनाबाट पुरा हुने थप्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रतिष्ठान स्थापनाले प्रदेश २ वासी को गौरव बढाएको बताउँदै थप्नुभयो,‘ यो संचालनमा आएपछि प्रदेशवासीको ठूलो सपना पूरा हुनेछ ।
मधेश स्वास्थ्य प्रतिष्ठानमा एमबीबीएस, एमडी लगायतको पढाई हुने सामाजिक विकास मंत्री साह बताउँदै यहा चाँडैको सत्र चलाउनका लागि पहिला एम.डी. को पठन पाठन हुने थप्नुभयो ।
उहाँले प्रतिष्ठानको स्थापानाले प्रदेशका अस्पतालहरुमा हुँदैआइकाृ चिकित्सक अभाव समाप्त हुने बताउँदै एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुने लगायतको समस्या समाप्त हुने विश्वस व्यक्त गर्नुभयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्रदेश २ सरकारले यसवर्ष ५३ करोड रकम विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले