+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

प्रजातन्त्र दिवस जनकपुर बौद्धिक सामाजद्वारा भ्रष्टतन्त्र गोष्ठी मनाईयो

1 वर्ष पहिले प्रकाशित

कामल साह
जनकपुरधाम,फागुन १० गते । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाज लगायतका संस्थाहरुले संयुक्तरूपमा ‘ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र भ्रष्टतन्त्र ’ विषयक एक अन्तगरक्रिया सम्पन्न गरेको छ ।
धनुषा जिल्लाका पालिकाहरुले राष्ट्रिय प्रजातन्त्र दिवस मनायो कि मनाएनन् । त्यो थाह हुन सकेको छैन । तर जनकपुर बौद्धिक समाजले यसपाली गरेको फरक ढंगका शिर्षक राखेर कार्यक्रम गर्नुबाट भ्रष्टहरुले अवश्य सबक पाउनेछन विश्वास भईरहेको छ ।
जहानिया राणाशासनको विरुद्धमा राजा र प्रजा मिलेर आन्दोलन चलाउँदा स्थापित दिन फागुन ७ हो । २००७ साल फागुन ७ गते मा आएको प्रजातन्त्रलाई फेरी कालो बादल २०१७ साल पुस १ गतेमा छेक्यो । नेपाली जनता त्यसको विरोध गर्दै आएको थिए । नेपाली नागरिक र राजनीतिक दलहरुको निरंतर आन्दोलन भईरहियो । २०४६ सालमा दोश्रो पल्ट प्रजातन्त्र मुलुकमा स्थापना भयो ।
प्रजातन्त्रिक व्यवस्थाका सोंच अनरुप स्थापित उद्योग धन्दा तथाकथित पंचायति व्यवस्थामा मुनाफामा मात्र चलेनन् कि रोजगारी समेत प्रदान गरेको थियो ।
दोश्रो जनआन्दोनबाट स्थापित प्रजातन्त्र,लोकतन्त्र हुँदै मुलुक गणतन्त्र व्यवस्थामा पुगिसकेका छ । यस गणतान्त्रिक व्यवस्थामा सर्वत्र भ्रष्टतन्त्रको बोलबाला देखेर नै आयोजक ले शिर्षकमा भ्रष्टतन्त्र थप्न पुगेको बुझाई छ ।
त्यसको परिणाम ललिता निवास काण्ड, सुन काण्ड,सेक्यरेटी प्रेस खरिद काण्ड,हवाई जहाज खरिद काण्ड, एनसेल प्रकरण काण्ड,टेरामेक्स लगायतका काण्डहरु छताछुल भएको देखिन्छ । यसैलाई निवारणको लागि पत्रकार राघवेन्द्र साह ले फागुन ७ अवसरमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र भ्रष्टतन्त्र ’ विषयक गोष्ठी आयोजना गर्नुभएको हुन सक्छ ।
जनकपुरधाम उप महानगरपालिका वडा नं –२३ बेलास्थित गोविन्द धर्मशालामा फागुन ७ गते आयोजना गरिएको समारोहका प्रमुख अतिथी सभामुख मण्डलले पहिला भन्दा गणतन्त्र र संघियता पछि देशमा धेरै विकास र पहुँचमा जनतालाई सहजता भएको बताउनु भयो । उहाँले अहिल्ये सर्वत्र अराजकता को कारण भ्रष्टाचार बढन गएको भन्दै यति छिट्टै नधरफराउन आग्रह गर्नुभयो ।
त्यस्तै एमालेका प्रतिनिधी र प्रदेशसभा सदस्य क्रमश जुली महतो र दिपेन्द्र ठाकुरले जनप्रतिनिधी सर्वहित भन्दा व्यक्तिगत हित तर्फ केन्द्रित भएकाले व्यवस्था प्रति जनताको दुरभावना बढन थालेको स्पष्ट रुपमा बताउनु भयो ।
उसैगरी वरिष्ठ पत्रकार एवं साहित्यकार सिताराम अग्रहरी र नागरिक अगुवा अमरचन्द्र अनिलले भ्रष्टाचारको शिर्षकमा बोेल्न पनि डराउने हो भने कहिल्यै अन्त्य नहुने बताउदै खुलेर विरोध गर्नुपर्ने बताउँदै भ्रष्टाचारको तथ्यहरु समेत दिनु भयो ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल,जसपाका केन्द्रीय सदस्य रामगोविन्द यादव लगायतका अगुवा वक्ताहरुले स्व. राजेश्वर नेपालीले प्रजातन्त्रको लागि खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
सो अवसरमा जनकपुरधाम उपमहानगर वडा नं. ५ का वडा अध्यक्ष बेचन साह,वडा नं. १६ का वडा अध्यक्ष रामचन्द्र पजियार, वडा नं. ७ कां पूर्व वडा अध्यक्ष जानकीराम साह , वरिष्ठ पत्रकार साहित्यकार सीताराम अग्रहरि , नागरिक समाज अगुवा अमारचन्द्र अनिल, वरिष्ठ पत्रकार श्रीनारायण साह, सम्पादक तथा साहित्यकार उपेन्द्र भगत नागबंशी, प्रा रमेश कुमार साह, युवा नेता केवल कुमार शर्मा, वडा सदस्य विभा ठाकुर लगायतका महानुभावहरुको उल्लेख्य सहभागितामा सम्पन्न भएको छ। सो कार्यक्रमका अध्यक्षता वडा नं २३ का जनसेवी लोकप्रिय अध्यक्ष राघवेन्द्र प्रसाद साहले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले