बरकुर्वा स्कूलको शैक्षिक वातारण ध्वस्त प्रधान अध्यापक साह लाई कार्यवाहीको लागि सबैला नपामा धर्ना
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ २० गते । धनुषा जिल्लामा नाम कमाएको विद्यालयहरु मध्येको एक फकिर चन्दगामी हाईस्कू बरकुर्वा को शैक्षिक वातारण ध्वस्त भएको र आर्थिक हिनामिना भएको आरोप लगाउँदै शिक्षकहरु धर्ना बस्दै आएका छन ।
बरकुर्वा विद्यालयको वातारवरण सुधार गर्नको लागि त्यहाँ कार्यरत ११ जना शिक्षक सबैला नगरपालिकामा माघ १२ गतेदेखि विभिन्न मांग अगाडी बढाएर धर्ना बस्दै आएका हुन ।
फकिरचन्द गामी हाईस्कूलमा कार्यरत शिक्षक सुरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विद्यालयको प्रध्यान अध्यापक बैजु कुमार साह गैरजिम्मेबारीपन काम गर्दै आएको भन्दै १२ सुत्रिय मांग सबैला नगरपालिको कार्यालयमा बुझाउँदै सोहिदिनदेखि पालिको कार्यलयमा धर्ना बस्दै आएका हुन ।
आन्दोलनरत शिक्षकहरुले अघि बढाएको मांगमा प्रधान अध्यापक बैजु साह ले विद्यालयको रकम हिनामिना गरेको,छात्रवृतिको रकम हिनामिना गरेको,विद्यालयको जग्गाबाट उठेको रकम अफ्ना नीजि खातामा जम्मा गरेको,विद्यालयको पठनपाठन प्रति हेरचाह नगरेको ले ध्वस्त भईरहेको ,लेखापालको मासिक तलब नगरपालिका ले दिंदै आएको मा मनमौजि गर्दै आएको आरोप लगाउँदै आएका हुन ।
सबैला नगरपालिकालाई माघ १२ गते ज्ञापन पत्र बुझाउँने शिक्षकहरुमा सुरेन्द्र यादव,प्रमेश्वर नायक,अजय कुमार साह,विजय कुमार जयसवाल,विरेन्द्र कुमार राय,सिता कुमारी महतो, रामदयाल सादा, राकेश प्रसाद साह, नगिना देवी पासमान र बैजनाथ प्रसाद गामी रहेका छन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले