शितलहरले मधेशको जनजीवन कस्टकर बन्दै
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ ८ गते । पश्चिमा चिसो हावा आएको शितलहरले मधेश तराईवासीको जनजीवन कष्टकर मन्दै गएको छ ।
शितलहरको कारण बिहान र बेलुका अत्यधिक जाडो हुने गदर्छ । चिसोबाट जोगिन आगो ताप्न सबैको बुताको कुरा रहेको छैन । दिनभरिको बनिबुता गरेर बिहान बेलुका छाक टार्नेहरूका लागि यो जाडो जीवनको अप्ठ्यारो पहाड झैँ बनेको छ । किनकि उनीहरूले न त दाउरा नै पाउँछन् । नत खरिद गर्न पाईरहेका छन ।
शितलहर र बाक्लो हुस्सुका कारण ज्याला मजदुरीका लागि घरबाहिर जानुपर्नेलाई झनै सताउने गरेको छ । शितलहरसँगै बढेको चिसोले खास गरी गरिब, विपन्न, असहाय, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । स्वस्थ्य र सामान्य व्यक्तिलाई पनि मधेस तराईको शितलहर र चिसोले प्रभावित बनाएको छ ।
शितलहरबाट बाँच्नको लागि बृद्धबृद्धालाई न्यानो कपडा तथा पौष्टिक खानेकुरा आवश्यक पर्छ । तर पौष्टिक खानाको अभावमा उनीहरूलाई झनै समस्या भएको छ ।
चिसोबाट जोगिन आगो ताप्नुपर्दा ध्यान पु¥याउनु पर्ने आवश्यकता हुन्छ । किनकि धुवाँले स्वास्थ्यमा पनि असर गर्ने डाक्टरहरू बताउँछन् । सरकारले ठाउँ ठाउँमा आगो बाल्न दाउरा उपलब्ध गराइदिनुपर्ने आवश्यकता रहेको छ ।
चिसोबाट प्रभावित नागरिकलाई राहत प्रदान गर्नुपर्ने विपन्न समुदायका नागरिकको गुनासो छ ।
मुलुकमा तीन तहको सरकार बनेको छ । विपद्मा परेकालाई सबैभन्दा पहिले नजिकको स्थानीय सरकारले चासो लिनुपर्ने हो । स्थानीय सरकार गठन भएपछि कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्थानीय सरकारले केही सहयोग नगरेको बरु धनीले नै सुविधा लिने गरेको नागरिकको गुनासो स्थानीय स्तरमा उठदै आएको छ ।
शितलहर मधेसको बर्सौँदेखिको समस्या भए पनि यसबाट जोगिने उपाय खोज्न स्थानीय सरकारले वडास्तरबाट नै योजनामा ल्याउनु पर्ने आवश्यकता रहेको भनिन्छ ।
विपद् व्यवस्थापनका लागि स्थानीय तहको सरकारले विपद् व्यवस्थापन समिति गठन गर्ने व्यवस्था रहेको छ । तर, शितलहर सुरु भएपछि कुनै कुनै पालिकाले घुर बाल्नका लागि दाउरा दिने, एक दुई दर्जन कम्बल बाँड्ने र विद्यालय विदा गर्ने परम्परा मात्रै कायम रहेको एक सचेत नागरिक बताउँछन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले