बालिकालाई बलात्कार गर्ने तथा गराउने पक्राउ
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ ३० गते । वालिकालाई बलात्कार गरेको र गराएको आरोपमा प्रहरीले धनुषा जिल्लाबाट मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरी ले जनाएको छ ।
पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।
प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर– ४ स्थितबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताएका छन । पक्राउ परेका दुबै जना स्थानीय हुन् । उहाँले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले