मधेसमा बढ्दै गईरहेको गरिबीलाई रोक्नको लागि अभियान अब युवा लाई दिनुपर्ने कांग्रेसका महाधिवेशन प्रतिनिधी महतो
1 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, पुस ९ गते । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी अरविन्द महतोले मधेसमा बढ्दै गईरहेको गरिबीलाई रोक्न अभियानको आवश्यक्ता रहेको र सो अभियानको अगुवाई युवाहरुलाई गर्न आग्रह गरेका छन् ।
महतोले आफनो पैतृक गाँउ धनुषाको सबैला भठिहन बजारमा पत्रकारहरु संगको भेटघाटमा युवाहरुले अब मधेसको सामाजिक रुपान्तरणका लागि पहल गर्नु पर्छ । यसका साथै नेतृत्व परिवर्तन पनि आवश्यक रहेको बताए ।
महतोले क्षेत्र नं. १ धनुषाकै सबै भन्दा उत्तम भुगोल र बसोबास भएपनि नेतृत्वविहिन भएकाले समस्या भएको समेत गुनासो गरे।
उनले भने, ‘चारजिल्लाको सिमाना यो क्षेत्रमा कमला, चारनाथ सहित अनेकन नदीहरु बग्दछ तर पनि खानेपानी र सिचाँईको अभाव छ, कसरी भयो ?’
असल नेतृत्व नपाएकै कारण धनुषा क्षेत्र नं. १ सबै जातजाती, भाषाभाषीहरुको साँझा फुलबारी भएपनि पछाडि छ ।
तिनवटै पार्टीका शिर्ष नेतृत्वलाई पुरानो मोफलरको संज्ञा दिदै उनले अव ति मुफलर फाल्ने समय आइसकेको महतोले बताए ।
नेपालको ७ वटै प्रदेशमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेको मधेश अन्य विकट क्षेत्रभन्दा पनि पछाडी परेकोमा स्वतन्त्र युवा प्रजातान्त्रिक समूहका अध्यक्ष समेत रहेका महतोले चिन्ता व्यक्त गरे।
उनले मधेसमा कृषि, सिंचाई तथा खानेपानीको स्थिति बिग्रिएपछि मधेस आर्थिक रुपले समेत पछाडी पर्दै गईरहेको महतोले चिन्ता व्यक्त गरे।
महतोले भने ‘मधेस शिक्षा, स्वास्थ्य, आर्थिक रुपमा मात्रै पछाडी परेको छैन, सामाजिक रुपमा समेत मधेसमा विचलन आएको र मधेसमा विचलन आउनु पछाडीको कारण खोतल्ने समय आईसकेको बताए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले