महामाना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता कप कनकपट्टी टिमको हातमा
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, पुस ८ गते । नेपाली पत्रकारिता जगतका भीष्म पितामह , प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा आयोजित महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलको उपाधि धनुषाको कनकपट्टी क्रिकेट टिम विजयी भएको छ ।
धनुषाको कनकपट्टी र महोत्तरीको सहोरवा क्रिकेट टिमबीच भएको खेल कनकपट्टी क्रिकेट टिम ५१ रनले ट्रफी हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कनकपट्टी क्रिकेट टिमले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य पछयाउने क्रममा सहोरावा क्रिकेट टिम ६८ रनमै अल आउट भएपछि कनकपट्टी क्रिकेट टिमको जीत दर्ज भएको हो ।
उक्त खेलमा म्यान अफ दी म्याच कनकपट्टी क्रिकेट टिमका विपीन यादव , म्यान अफ दी सिरिज सहोरवा टिमका अमित यादव, वेस्ट बलर बेला क्रिकेट टिमका गोविन्द साह र वेस्ट फिल्डर खुर्सेद राइन्लाई घोषित गरिएको छ ।
दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा भएको १६ दिवसीय प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा विजय हासिल गरेको विजेता कनकपट्टी टिमलाई ५५ हजार ५ सय ५५ र उपविजेता साहोरवा टीमलाई २५ हजार ५ सय ५५ रुपैयाको नगद पुरस्कार , प्रमाण पत्र र कप मधेश प्रदेश सरकारका खेलकूद तथा समाजकल्याण मन्त्री सुरिता कुमारी साह र जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले प्रदान गर्नु भएको छ।
प्रमुख अतिथि मधेश प्रदेश सरकारका खेलकूद तथा समाजकल्याण मन्त्री सुरिता कुमारी साह ले खेलकुद विकासका लागि सहयोग गर्ने बताउनु भयो ।
युवालाई दुर्व्यसनबाट जोगाउन को युवा वडाध्यक्ष राघवेन्द्र साह ले खेलेको भुमिका सराहनीय रहेको उहांले बताउनु भयो ।
त्यस्तै वडा अध्यक्ष राघवेन्द्र साहले अगामि दिनमा३२ वटा टिमको बीचमा खेल गराउने भन्नुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले