+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

रक्सी व्यापारीको शेयर विवादमा सालोले भिनाजुको हत्या गराए

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ ३० गते । दुई साताअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका एक डिष्टिलरीका सञ्चालकको हत्या शेयर विवादमा सालोद्वारा भिनाजुको हत्या भएको खुलेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका– ७ निवासी प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए ।
आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सेयर लगानीसम्बन्धी विवाद हुँदा खातीले रेग्मीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
क्षिरेश्वरनाथ नगरपालिका ७ दुर्गा टोल बस्ने ३५ बर्षीय खातीले आफ्नै भिनाजुलाई अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गर्दा रेग्मीको ज्यान गएको मिश्रले बताए । हत्याको आरोपमा पक्राउ परेका खातीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले