सर्लाहीलाई उखु जोन बनाउने – प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने
1 वर्ष पहिले प्रकाशित

शर्मिला घिमिरे
महोत्तरी, पुस ५ गते । उखुको मूल्य चिनीको मूल्यको आधारमा प्रति क्वीन्टल रु ७५० कायम गर,मूल्य अभिवद्धि कर वापतको बक्यौता रकम तुरून्त भुक्तानी गर, उखूको प्रवर्द्धन हटाई नियम अनुसार अनुदान सोही आर्थिक वर्षमा भुक्तानी गर,उन्नत जातको उखुको बीउको प्रवर्धन गर,कृषि योग्य जमीनमा सिँचाइको व्यवस्था गर,किसानलाई चाहिने मल खाद्यको प्रवर्द्धन गर भन्दै सर्लाहीका उखु किसानहरूले अनसन सहितको आन्दोलन गरेका छन् ।
आन्दोलन सहित अनसनरत किसानहरूको मागलाई सम्बोधन गर्न पुगेका भूमि व्यवस्था तथा कृषि मन्त्री गोविन्द न्यौपानेले उखु किसानको मार्कालाई आफूले नजिकबाट नियालेको व्यक्त गर्दै सर्लाहीलाई उखु जोन बनाउने लक्ष्य रहेको विचार व्यक्त गरे। किसानलाई कुनैपनि कोणबाट अप्यारो पर्न नदिने विचार व्यक्त गर्दै विगतका दिनमा भएको कमी कमजोरीलाई समेट्दै अबका दिनमा किसान हितकारी नियम बनाएको छु । म किसानको मन्त्री किसान हुँ यसकालागि के गर्नु पर्छ मैले राम्ररी बुझेको छु भन्दै किसानहरु आफ्नो सामान्य मागलाई पूरा गर्नकालागि आन्दोलन सहितको अनसन बस्नु परेकोमा दुख्ख व्यक्त गरेका थिए ।
किसानहरु आफैमा स्वावलम्बन, आत्मानिर्भर र मिहिनेत हुन्छौ यस्तो कार्य गर्ने हामीले अनुदान माग गरेर हात फैल्याउने हैन हाम्रो कार्यकालागि हामीलाई प्रोत्साहन चाहियो भन्ने हो ।
किसानहरूको मागलाई दीर्घकाली रूपमा यथाशीघ्र पूरागर्ने बाचा लिएको छु साथै कृषिमा युवा कार्यक्रलाई पनि जोड दिएको छु भन्दै आफू सधैं किसानको साथ रहेको विचार व्यक्त गरे ।
“किसानहरुको मागको पूर्ण रुपमा सम्बोधन गरेको छु र यसमा आफुले सकेको चाँडो समाधानका उपाए पनि खोजेको छु “ सामाननीय जवारलाल कुसुवाले भने ।
“हामी हाम्रो माग पूरा नहुन्जेल आन्दोलन तोड्दैनौं। यसकालागि जे पर्दछ सो भोग्न तयार छौं“। किसानहरूको एकमुष्ट बोली सुनिथ्यो।
अनसन स्थलमा किसान हकहित समितिका विभिन्न पदाधिकारी सहित किसानहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले