नेकपाले जनतालाई धोका दिएको छ – नेता भण्डारी
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, माघ ३० गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन मंत्री शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गरेर नेकपा ले जनतालाई धोका दिएको आरोप लगाएका छन ।
नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दल केन्द्रिय समिति विभागले यहाँ वृहत्तर जनकपुर विकास क्षेत्र द्वारा संचालित यात्री निवासको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा पुर्व वन मन्त्री भण्डारीले आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको जनादेश एवम् मतको अपमान गरेको थप्नु भयो ।
उहाँले वर्तमान सरकारले असवैधानिक कदम चालेर संसद विघटन गर्नु जनतासंग बेइमानी गरेको आरोप लगाउनु भयो । नेता भण्डारी ले देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागी प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य हो बताउँदै कांग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको जानकरी गाउनुभयोे ।
नेता भण्डारीले संघीय लोकतान्त्रिक गणन्त्रात्मक प्रणाली सहितको व्यवस्था र संविधानको रक्षाका लागी प्रतिनिधिसभा आवश्यक रहेकोले सर्वाेच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने विचार राख्नु भयो । उहाँले नेकपाका दाई शिर्ष नेताहरुले अहिले ठुला–ठुला नारा र भाषन गरेर जनतालाई भ्रमित गर्नमा लागेको आरोप लगाउनु भयो । नेपाल तरुण विभाग केन्द्रिय समितिको तेस्रो बैठक जनकपुरधाममा आज विहानदेखि सुरु भएको छ ।
प्रदेश दुईका संयोजक राम पल्टन साहको संयोजकत्व तथा नेपाली काँग्रेसका केस, पूर्व मन्त्री तथा तरूण बिभागका केन्द्रीय सभापति शंकर भण्डारीको सभापतित्वमा आयोजित बैठकको उद्घाटन प्रदेश २ का नेका संसदीय दलका नेता राम सरोज ले प्रमुख अतिथिको आसनबाट गर्न‘ु भयो । भोली प्रदेश २ को आठ वटै जिल्लाका प्रतिनिधिहरू ले आ–आफ्ना धारणा राख्ने संयोजका रामपल्टन साह ले बताउन’भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले