गोपाल धर्मशालामा प्रदेश स्तरीय महिला हस्तकला मेला र प्रदर्शनी आयोजना हदै
4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, माघ ३० गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम को ऐतिहासिक स्थल गोपाल धर्मशालामा भोलीदेखि चारदिवसीय महिला हस्तकला मेला र प्रदर्शनी हुन गईरहेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा हुन लागेका चार दिवसीय मेला तथा प्रदर्शनीमा महिलाहरुबाट उत्पादित हस्तकला वस्तुको आन्तरिक बजार विकासको साथै अन्तराष्ट्रिय बजार प्रवद्र्धनको निमित्त रहेको आज आयोजित पत्रकार सम्मेलनमा हस्तकाला महासंघ का उपाध्यक्ष समन शाक्यले जनाएको छ ।
उहाँले स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन, महिला उद्यमी व्यवसायीहरुलाई बजारमा पहुँचको अवसर, उद्योग व्यवसाय गर्न पे्ररित गर्ने, विपन्न वर्गका महिला उद्यमीहरु र तिनका परिवारहरुलाई लघु, घरेलु हस्तकला उद्योग प्रति आकर्षित गर्नु मेलाको मुख्य उद्देश्य रहेको जनाएका हुन ।
हस्तकाला महासंघ का सदस्य एवं मेला संयोजक सविता सिंह महर्जन र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश प्रदेश २ का निर्वतमा सभापति शिवशंकर प्रसाद साह(हिरा) को उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा २०७७ फागुन २ देखी ४ गतेसम्म जनकपुरधामको गोपाल धर्मशालामा प्रदेश स्तरीय मेला प्रदर्शनी आयोजना हुने जनएको हो । प्रदेश नम्बर २ को ८ वटै जिल्लाका महिलाहरुबाट उत्पादित मिथिला आर्ट,माटाका भाँडा, लाहाका गरगहनाहरु,बांसबाट बनाएको सामग्री,प्राकृतिक रेसाका बस्तु, चाँदीका गरगहना,फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तिजन्य वस्तु, हाते कागजजन्य वस्तु लगायतका प्रदर्शनीमा राख्ने छन् । मेलामा जम्मा ५० वटा स्टाँलहरु रहने छन । मेलामा झण्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएका छन् ।
सो मेलाको समुद्घाटन तथा समापन महिला वाबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले गरिने कार्यक्रम रहेको हो । प्रदर्शनीमा स्टाँल र प्रवेशका लागी निःशुल्क गरिएको छ । उक्त मेला तथा प्रदर्शनी प्रदेश २ को समाजिक विकास मन्त्रालय,जनकपुरधाम उप–महानगरपालिका,अन्तराष्ट्रिय श्रम संगठन र एन.एम.बी बैक लि.को सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ,जउँवा संघ,धनुषा हस्तकला संघ, गणेश युवा कमिटी लगायतको सहकार्यका आयोजना हुनगईरहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले