नेपाली काँग्रेस मधेश प्रदेशको पूर्ण बैठक सम्पन्न, पुस ५–६ गते मधेश प्रदेश सम्मेलन धनुषाधाममा हुने
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, मंसिर १३ गते । नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठक प्रादेशिक कार्यालय जनकपुरधाममा मंगलवार बस्यो ।
नेपाली काँग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा आज मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा पूर्ण बैठक बसेका हुन् ।
नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठकमा चार बुंदे निर्णय गरेर पूर्ण रुपमा पालना गर्दै आजको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेस मधेश प्रदेशको प्रदेश सम्मेलन यहि पुस ५ र ६ गते धनुषाधाम स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा गर्ने तथा त्यसको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय गरियो ।
मधेश प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यक अनुसारको उप समितिहरु कार्यसम्पादन समिति गठन गर्ने । मधेश प्रदेश सम्मेलनमा राजनितिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गर्ने । वडा तहदेखि जिल्ला सम्म सम्मेलन गर्न बाकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको नेपाल काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले