क्यान महासंगको सातौं सधारण सभा सम्पन्न
4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, माघ ३० गते । कम्प्युटर एसोशिएशन नेपाल महासंघ (क्यान ) धनुषाको सातौं साधारण सभा सम्पन्न भएको छ ।
क्यानका धनुषा संस्थापक अध्यक्ष प्रविण साह ले सातौं साधाराण सभाको उद्घाटन मन्तव्य राख्दै उहाँले आफ्नो इन्स्ट्यिुटमा ७ जना जेहन्दार गरिब विद्यार्थीलाई निःशुल्क डिपलोमा कोर्ष गराईने बताउनु भयो । जनकपुरधाम उप–महानगरपालिका को सभाकक्षमा आयोजना भएको उद्घाटन सत्रमा उहाँले सो कोर्ष गराउनको लागि क्यान धनुषाले सिफारिस गरेका उम्मेदावरलाई दिईने बताउनुभयो ।
क्यानका धनुषा संस्थापक अध्यक्ष प्रविण साह ले आफ्नै अमेरिकन कम्प्युटर एण्ड ल्यांगेज का संस्थापक समेत रहनुभएको साह ले डिपलोमा कोर्षको फि १० हजार रहेको जानकारी दिनुभयो ।
जनकपुरधाम उद्योग बाणिज्य संघ का अध्यक्ष ललित साह ले सो साधारण सभा को प्रमुख आतिथ्य गर्दै आजको समयमा कम्प्युटर शिक्षा सबैलाई आवश्यको बताउँदै प्रविधिको विकासका लागि सरकारले रकम विनियोजन गर्नुपर्ने हो भनि थप्नुभयो ।
नेकपाको बहुमतको सरकार भएपनि सत्ताको खिचातानीले ३ वर्षमै मध्या विधि चुनाव हुनलागेको बरो दुखःकुरा हो भन्नुभयो । उहाँले कुसमयमा हुन लागेको निर्वाचन खर्च हामी सर्वसाधारण जनतकै ठाउकोमा आउने भएको ले यसको विरोध हुनपर्छ भन्नुभयो ।
केन्द्रिय सचिव दिपेन्द्र सिंह ले क्यानको तीन तहमा संरचना रहेको जानकारी गराउँदै हालसम्म ५४ जिल्लामा कमिटी निर्माण भईसकेको हो भन्नुभयो । उहाँले अगामी एक बर्ष भित्रमा ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले क्यान समक्ष दक्ष प्राविधि रहेको बताउँदै धनुषा जिल्लाले तालिम संचालन गर्न चाहेमा हामी सहयोग गर्छौं भन्नुभयो ।
क्यानका जिल्ला अध्यक्ष संजय साहको अध्यक्षतामा आरम्भ भएको साधारण सभामा प्रदेश नं.२ उपाध्यक्ष अकुल प्रसाद साह,प्रदेश २ सचिव धनन्जय महतो,गौतम जयसवाल,सिबुसी नेटका मैनेजर शंभुनाथ झा ले शुभकामना मन्तव्य राखेका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले