सर्लाहीमा कांङ्गेसको महासमिती रौनक ,ः कतै सर्वसहमत कतै चुनाव
1 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, कार्तिक २३ गते । सर्लाहीमा नेपाली कांग्रेसको महासमिती सदस्य चयनको लागी भेला तथा छलफल सुरु भएको छ । सर्लाही क्षेत्र नं.१ मा महासमिती सदस्यको लागी सर्वसहमती हुन नसके पछी चुनाव हुने भएको छ । चुनावको लागी हिजो (बुधवार) मनोनयन भएको र भोली (शुक्रवार) चुनाव हुने नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताउनु भयो ।
सर्लाही क्षेत्र नं.२ मा भने संस्थापन पक्ष र ईत्तर पक्ष विच कुरा नमिले पछि बिवाद भएको छ । संस्थापन पक्षले सर्वसहमत चयन गरेपनी ईत्तर पक्षले नमाने पछी त्यहाँ बिवाद भएको हो ।
सर्लाही क्षेत्र नं.३ मा भने सर्वसहमत भएको छ । सर्लाही क्षेत्र नं.३ को बरहथवामा भएको भेलाले ११ जाना महासमीती सदस्य चयन गरीएको नेपाली कांग्रेस सर्लाहीका सचिव कार्कीले बताउनु भयो ।
प्रत्यक्ष महिला तर्फ श्री यशोदा देवी निरोला चालीसे, श्री माया कार्की बस्नेत, खुलातर्फ श्री हरेश प्रसाद महतो, श्री विनोद खनाल, श्री कृष्णदेव यादव, श्री राम प्रसाद मैनाली, श्री सुरेन्द्र दास कथबनिया, खस आर्य तर्फ श्री कृष्णराज रायमाझी, आदीवासी जनजाती तर्फ श्री सोनी कुमारी बम्जन, मधेशी महीला तर्फ श्री रन्जु कुमारी ठाकुर र खुला तर्फ श्री राम बाबु राय यादव महासमीती सदस्य चयन भएका छन् ।
उता सर्लाही क्षेत्र नं.४ मा भने यस अघीनै महासमीती सदस्य चयन भईसकेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले