मास्टरसेफ सन्तोष साहले जनकपुरमा मिस्टिक मिथिला होटेल सञ्चालनमा फोटो फिचर सहित
1 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक २० गते । बिबिसी मास्टरसेफ सन्तोष साहले मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिस्टिक मिथिला होटेल सञ्चालनमा ल्याएका छन् ।
मिथिला थालीको सफलतापछि आज जन्मदिनको अवसरमा आइतबारबाट मास्टरसेफ साहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोक स्थित मिस्टिक मिथिला होटेलको शुभारम्भ गरेका हुन् ।
मिस्टिक मिथिला होटेलको उद्घाटन ८० वर्षीय चन्दा देवी मुरारका र मास्टरसेफ सन्तोष साहले संयुक्त रूपमा उद्घाटन गरेको हो।
भारतका विभिन्न प्रान्तका परिकार पस्किँदै पर्यटन प्रबर्द्धन र जनकपुरधामको विकासमा टेवा पु¥याउने उद्देश्यले होटेल सञ्चाचालनमा ल्याएको मास्टरसेफ साहले बताए ।
‘लाइभ म्युजिकसहितको काठमाडौंजस्तै यो नयाँँ एडिसन बनाएको छु, विदेशमा ख्याती कमाएका इन्डियन फुड स्पेशलाइज्ड सेफहरु हामीले राखेका छौँ,’ मास्टरसेफ साहले भन्नुभयो , ‘हामीले जनकपुरधाममा खाने र बस्ने ठाउँ बनाइसक्यौँ अब सरसफाइमा काम गर्ने योजना रहेका बताए ।
मिस्टी मिथिलामा जनकपुरमै पहिलो पटक ब्याम्बो बिरयानी र पर्दा बिरियानी समेत पस्किन थालिएको संचालक सदस्य दिलिप साहले बताए ।
जनकपुरधामका व्यापारी नवल मुरारका र सेफ सन्तोषको संयुक्त रुपमा उक्त होटेलमा ९ करोड रुपैँयाको लगानी रहनुभएको छ।
मिस्टी मिथिलामा ३ स्वीटरुम र ८ वटा डिलक्स रुम सहित १७ वट कोठा रहेको संचाक समितीका सदस्य दिलिप कुमार साहले बताए ।
स्वीट रुमको एक दिनको अधिकतम ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। भने डिलक्स रुमको २ हजार देखि २ हज पाँच सय सम्म रुमरहेको मास्टर सेफ साहले बताए ।
यसअघि गत असारमा साहले रामानन्द चोकस्थित मिथिला थाली संचालनमा ल्याएका थिए।
‘जनकपुरधामको संस्कृति र मौलिकतालाई प्रवद्र्धन गर्न मसँग दुईवटा विकल्प थियो। कि सिकाउँदै जाने कि आफै किन नगर्ने अनि अरुले हेरेर सिक्ने। मैले दोस्रो विकल्प रोजे,’ मास्टरसेफ साहले भन्नुभयो, ‘मिथिला थालीमा मैले नसोचेजतिको सफलता पाएँका छौ।
प्रत्येक दिन कम्तीमा पाँच सय जनाले त्यहाँ खाना खान्छन्। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सैंकडोले रोजगार पाएको मास्टरसेफ साहले बताए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले