जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना
2 वर्ष पहिले प्रकाशित
_1697012324.jpg)
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, असोज २४ गते । जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् । नासा सेक्युरिटिज कम्पनी लिमिटेड द्वारा आयोजित शेयर लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्याक्रममा सेक्युरिटिजको व्यवस्थापनमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरेका छन् ।
धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा सुवास चन्द्र भट्टराईले प्रमुख वक्ताको रुपमा शेयर कारोबार सम्बन्धि विभिन्न जानकारी दिएका छन् ।
भट्टराईले धितोपत्र बजारको परिचय, बजारमा प्रवेश गर्ने तरिका, कारोबार गर्ने तरिका , बजारमा लगानी गर्दा हुने फाइदाहरू र जोखिम, धितोपत्रका प्रकार र बजारको वर्तमान अवस्थाका सम्बन्धमा बताएका थिए ।
देशको वित्तिय प्रणाली, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा हुने फाइदाहरू, दोस्रो शेयर बजारमा कारोबार गर्दा कम्पनिको विषयमा थाह पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा समेत उनले बताए । सो कार्यक्रममा २ सय जना शेयर कारोबारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सेयर बजारमा अनलाईन कारोवारलाई सहज बनाउन सरोकारवालाहरुलाई सुझाव दिइएको थियो । भुक्तानीको सिमा हटाईनुपर्ने भन्दै विज्ञ तथा सरोकारवालाले कारोबार सहज बनाउन सुझाव दिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले