एम्नेस्टि समुह ५७ का संयोजकमा पुनःसम्पादक साह चयन
2 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम,असोज १३ गते । एम्नेष्टी इन्टरनेशनल नेपाल युवा समुह–५७ को संयोजकमा खोजवीन साप्ताहिक का सम्पादक कमल साह पुनः निर्विरोध निर्वाचित भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा शनिवार आयोजित सधारण सभाबाट खोजवीन साप्ताहिकका सम्पादक साह को संयोजकत्वमा ९ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।
संयोजक कमल साह को अध्यक्षतामा संचालन भएको सधारणसभाबाट सह संयोजकमा उर्मिला यादब,सचिवमा अम्बिका प्रसाद कर्ण, सह–सचिवमा आनन्द कुमार चौधरी र कोषाध्यक्षमा रमेश कुमार साह चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः बिणा देबी साह, सुनिता कुमारी यादव, मनिश कुमार झा र कैलाश प्रसाद सर्वसम्मतिबाट चयन भएका छन ।
बन्द सत्र भन्दा अघि उद्घाटन सत्र आरम्भ भएको थियो । एआई नेपालको केन्द्रिय प्रतिनिधी प्राध्यापक धु्रव राय ले सो समारोहकोे प्रमुख आतिथ्य गर्दै मानव अधिकार क्षेत्रमा वकालत गर्ने संसारमा पहिलो संस्था एम्नेस्टि ईन्टरनेशनल रहेको जानकारी गराउनु भयो । उहाँले यो स्वयंसेवी संस्था रहेको बताउँदै संसारमा ६० लाख सदस्य रहेको बताउनु भयो ।
सो समारोहमा आफ्नो अध्यक्षिय मन्तत्व राख्दै एआई नेपाल समुह ५७ का संयोजक कमल साह ले कामको खोजीमा विदेशिएका नेपालीहरुमाथि भईरहेको श्रमशोसनको आवाज बुलन्द पार्ने र नेपाली महिला आंग खस्ने बाट पिडीत बन्दै आएको खुलासा गर्दै एआई नेपाल वकालत गरेको स्मरण गराउनु भयो ।
सो कार्यक्रममा एआई नेपाल समुह १५ का संयोजक, मुरारी मिश्र, उप संयोजक हिरा भगत, महिला समुह ४६ का संयोजक शान्ति घिमिरे,पूर्व संयोजक इन्द्रा झा, नागरिक सरोकार समुहका अध्यक्ष एवं जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कुमार साह,निर्माण व्यावसायी तथा लोसपाका केन्द्रिय सदस्य कामेश्वर झा लगायतका उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले