+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

बिपीको जन्म जयन्तीको अवसरमा धनुषामा कांग्रेसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

धिरेश दत्त
धनुषा, भदौ २४ गते । जनकपुरधाम–नेपाली कांग्रेस मधेश प्रदेश समितिले पार्टीको संस्थापक जननिर्वाचित देशको पहिलो प्रधानमन्त्री जननायक बिशेश्वर प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा धनुषाको जनकपुरधाममा आयोजना गरेको रक्तदान कार्यक्रममा दर्जनौंलेले रक्तदान गरेका छन् ।
जनकपुरधामको मधेश प्रदेश पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा काँग्रेसका नेता कार्यक्रता, चिकित्सक, नर्श, तरुण दल, नेविसंघ सहितकाले रक्तदान गरेको पार्टीका उपसभापती तथा मधेशका स्वास्थ्य मन्त्री विरेन्द्र कुमार सिंहले बताए ।


पार्टी सभापती कृष्ण प्रसाद यादवकोको विशेष उपस्थितीमा भएको समुदघाटन कार्यक्रममा सभापती यादवले विपीको बिचार र सिद्वान्तकै अभावमा कांग्रेसीले दुःख भोग्न परिरहेको बताउदै सुधार आवश्यक रहेको बताए । उनले कांग्रेस नेतृत्वको अभावमा मधेशले उचित्त विकास र न्याय पाउन नसकिरहेको बताए ।
नेताहरुले विपी कोइरालाले देखाएको मार्गमा कांग्रेसीहरु हिड्न नसकेकै कारण अहिले अर्काको हातमा सत्ता रहेको भन्दै विपीको सिद्वान्तमा अगाडि बढनुपर्ने नेताहरुले बताए । सो अवसरमा पार्टीको मधेश प्रदेशको विभिन्न विभागहरुको पदाधिकारी र सदस्यहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले