+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस र सच्याउन माग

4 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, माघ २६ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ ले विधि, विधान र प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस गरेको भन्दै ७ वटा जिल्ला शाखाका अध्यक्षहरुले अविलम्ब सच्याउन माग गरेका छन् ।
शनिबार जनकपुरधाममा प्रदेश २ का ७ वटा जिल्ला शाखाका अध्यक्षहरुको भेलाबाट २ बुँदे निर्णय गर्दै पत्रकार महासंघ प्रदेश २ ले केन्द्रिय समितिमा गरेको सिफारिस फिर्ता लिई नसच्याए फागुन १ गते हुने भनिएको प्रादेशिक साधारणसभामा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरित सदस्यता वितरण, नविकरण र थपघट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गर्ने एवं प्रदेश समितिको आगामी फागुन १ गते वीरगञ्जमा हुने दोश्रो अधिवेशन अगावै सदस्यता वितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान नभए अधिवेशनमा आफूहरुको सहभागिता नरहने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघका ७ वटा शाखाका अध्यक्षहरुको भेला पछि संयूक्तरुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा धनुषाका अध्यक्ष अनिल मिश्र, रौतहटका अध्यक्ष रविन्द्र साह, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, बाराका अध्यक्ष कमल उपाध्याय, पर्साका अध्यक्ष श्याम बञ्जारा र सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले संयूक्तरुपमा हस्ताक्षर गरेका छन् ।
भेलाबाट भएको निर्णयहरु पत्र सहित नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण र केन्द्रिय सदस्य अवधेश झालाई समेत हस्तान्तरण गरी अविलम्ब सच्याउन माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले