वरिष्ठ पत्रकार श्री नेपाली क्षिरसागरमा बिलिन उहाँको अस्तु गंगामा प्रवाहित भयो
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, भाद्र १७ गते । बरिष्ठ पत्रकार, साहित्यकार, प्रजातन्त्र सेनानी, प्रेसस्वतन्त्रता सेनानी,वौद्धिक व्यक्तित्व, सामाजिक निर्भिकताक प्रतिमूर्ति महामना श्री राजेश्वर नेपाली मृतलोक त्याग गरेर भाद्र ११ गते सोमबार साँझ ८ बजे बैकुण्ठधाम प्रस्थान गर्नुभयो ।
पञ्चतत्वमा विलीन वरिष्ठ पत्रकार नेपाली को अस्तु विहिवार जनकपुरधामको दुधमति नदी,ऐतिहासिक सरोवर गंगासागरमा प्रवाह गरिएको छ भने सोहीदिन देव नदी गंगामा प्रवाहित गर्नको लागि लगिएको छ । भारतको प्रख्यात धार्मिक स्थल सुल्तानगंज स्थित गंगा नदीमा शुक्रबार प्रवाहित गरिदैछ ।
अस्तु गंगा नदीमा विसर्जन गर्नको लागि स्व. नेपाली सरको भिनाजू राजेन्द्र साह र अर्का गाउँका समाजसेवी गुलाव साह विहिवार समाधिस्थलबाट प्रस्थान गर्नुभयो ।
उनको दैहिक शरीरलाई सनातन धर्म अनुसार सोमवार संस्कार गरिएको थिए । पुर्खौली गाउँ बेला हाल जनकपुरधाम उप महानगरपालिका २३ बेला स्थित गोविन्द मंदिर भएर बग्दै गरेको दूधमति गंगा नदी क्षेत्रमा संस्कार गरियो । पुत्र राघवेन्द्र प्रसाद साह ले उनलाई दागवत्ति दिनुभयो ।
आफ्नै नीजि स्थलमा निर्माण गरिएको दाहसंसार स्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रादेशका शिक्षा मन्त्री महेश यादव,श्रम मंत्री चन्दन सिंह पूर्वमन्त्री एवं लोसपा नेता राजेन्द्र महतो, नेकपा एमाले सचिव एवं पूर्वमन्त्री रघुबीर महासेठ, जनकपुरधाम उपमहानगरको पूर्व नगर प्रमुख लालकिशोर साह,नगर उप–प्रमुख किशोरी साह, मधेश प्रदेशका सांसद एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रामअशिष यादव, प्रादेशका पूर्वसंसद परमेश्वर साह, प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा धनुषा शाखाका पूर्व अध्यक्ष अशोक रौनियार, महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साह, वृहत्तर जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष सितल साह, स्वतन्त्र बामबुद्धिजीवी रामरिझन यादव उनको पार्थिव शरीरमाथि फूलमाला चढाउँदै अन्तिम श्रध्दांजलि अर्पण गर्नुभयो ।
महामाना नेपाली सरको पार्थिव शरीरमाथि नेपाली काँग्रेस धनुषाले चारतारे झण्डा ओढाएर सम्मान गरियो ।
काँग्रेसका धनुषा सभापति योगि पंजियारको नेतृत्वमा पुग्नु भएको व्यक्तित्वहरुमा उपसभापति गणेश झा, कन्हैया कर्ण,नेपाली कांग्रेस मधेश प्रदेशसका सुचना संचार प्रशार समितिका सदस्य एवं नेपाल प्रेस युनियन धनुषाका पूर्व सचिव निरंजन साह लगायतले चारतारे झण्डा पार्थिव शरीरमाथि चढाउँदै पुष्पमाला अर्पण गर्नुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका एस.पी. विश्वराज खड्का, जनकपुरधाम उपमहनगर वार्ड नं.७ का वडा अध्यक्ष निरज साह मुन्ना, पूर्ववडा अध्यक्ष जानकीराम साह, वडा न.१० का वडा अध्यक्ष मिथिलेश लाल कर्ण, वडा नं. ९ का प्रमेश्वर साह, एमालेका युवानेता सुरेन्द्र भण्डारी, शिवशंकर साह हिरा, सहित सयौं विशिष्ठ व्यक्ति तथा सर्जकहरुले स्व. नेपालीको पार्थिव शरीरमथि फूलमाला चढ़ाउँदै अन्तिम दर्शन संगै श्रध्दाञ्जलि अर्पण गर्नुभयो ।
उसैगरी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मणिका झा को नेतृत्वमा, बरिष्ठ उपाध्यक्ष अबधेश कामत, पूर्वअध्यक्ष अनिल मिश्र, पूर्व उपाध्यक्ष अर्जुन क्षेत्री, नित्यानन्द मण्डल समेतका पत्रकार महासंघको झण्डा ओढ़ाएर सम्मान प्रकट गदै श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
उसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सदस्य रिंकु मिश्र(गायत्री), मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, पुरण साह रौनियार, सुरेश यादव, शैलेन्द्र महतो क्रान्ति, अजय कुमार झा, उपेन्द्र भगत नागवंशी लगायतले सहासीक योद्धा नेपालीको पार्थिव शरीर माथि पुष्पांजलि अर्पण गर्नुभयो ।
सामाजिक व्यक्तिव, पत्रकार र साहित्यरको लागि पाठशालाको रुपमा रहनु भएको स्तम्भ नेपालीको अन्तिम संस्कार गर्नुभन्दा अघि नगर दर्शन भएको थियो । स्व. नेपालीको पार्थिव शरीर तथ राखिएको गाडीलाई सयपत्री पूmलको मालाबाट सजाएको थियो । उनमाथि श्रद्धा अस्था र विश्वास गर्नेहरुको संगै सिताराम भजन–किर्तन गर्दै नगरपरिक्रमा गराईयो । उनको नीजि निवास बेला गाउँबाट बिहान १० बजे अन्तिमयात्रा जनकपुरधामको जीरोमाइल, बशिष्ठचौक, बजरङ्गचौक, रामानन्द चौक हुँदै जानकी मन्दिर पुग्यो । त्यहाँ जानकी मन्दिरका महंथ महाण्डेलेश्वर रामतपेश्वर दास बैष्णको शिष्य रामनामको चादर संगै पुष्पमाल्य चढाउनु भयो । त्यसपछि यात्रा जनकचौक हुँदै राममन्दिर स्थित पुग्यो ।
श्री राम मन्दिरका महंथ राम गिरीले आफ्नो शिष्यको हातबाट सिताराम लेखिएको चादर संगै पुष्पमाला चढाउन लगाउनु भयो । सो यात्रा भैरवचौक हुँदै नेपाल पत्रकार महासंघ, मुरलीसर स्थितका विद्यापतिचौक, विश्वकार्मा चौक, सुरकिशोर चौक,माछा बजार चौक हुँदै बरिष्ठ पत्रकार नेपालीको गुरुद्वारा कथबनिया कुटी पुगेको थियो । त्यहाँ उहाँका गुरु भाई सुरज बाबाले सम्मान पूर्वक पुष्पमाला संगै चादर चढाउनु भयो । त्यसपछि यात्रा तप्सी चौक,जनकपुरधाम बस स्टैण्ड (रामजानकी दुल्हा वस पार्क) हुँदै दाह संस्कार गर्ने स्थल पुगेको थियो ।
बेलाकुट्टी नजिक दुधमति नदी स्थित आफ्नै नीजिभूमिमा सर्जक नेपालीको अन्तिम संस्कार गरियो ।
पुत्र राघवेन्द्र साह, भतिजो कमल साह, श्याम साह, प्रा.रमेश साह, डा.शम्भु साह,मुकेश साह,मुन्नन साह,नाति हेमशंकर साह,ज्वाई डा, महेन्द्र साह, पत्रकार श्रीनारायण साह लगायतका परिवारीक सदस्य तथा कुटुम्ब, बेला–लादो, बिन्धी, बसबिटी, बसहिया गाउँका विभिन्न धर्म तथा समुदायका सयकडौं व्यक्तिवहरुले राजेश्वर नेपाली अमर रहुनका नारा लगाउनु भयो । सो अन्त्येष्ठीमा वडा नं. २३ का पूर्व वडाध्यक्ष सत्रोहन पाण्डे,वडासदस्य विभा ठाकुर र कर्मठ कार्यकर्ता केवल शर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रेसस्वतन्त्रता सेनानी बरिष्ठ पत्रकार राजेश्वर नेपालीको जन्म बिन्धि गाविस तथा हाल जनकपुरधाम उप महानगरपालिका २३ बेलामा भएको थियो । बिक्रम सम्वत् २००२ साल भाद्र शुक्ल नवमी तिथि १९ गते बुध दिन अर्थात ४ सितम्बर १९४५ ई.मा उन्को जन्म भएको थियो ।
नेपालमा चलिरहेको तानाशाही राणा साशन व्यवस्थाको अन्तगर्न १९९२ साल बैशाख महिनाको अक्षय तृतिया (२२ गते ५ मई १९३५ ई.) मा आफ्नो रक्तबाट हस्ताक्षर गर्नुभएको मेरो हजुरबा रामदुलार साह एवं श्रीमति इन्द्रमणि देवी साहको द्वितिय पुत्ररत्न हुन ।
काकाश्री नेपाली को प्रारम्भिक शिक्षा घरमै मेरो अर्का हजुरबा तथा उनको काकाश्री राजनन्दन साहद्वारा आरम्भ भएको थियो । त्यसपश्चात् जनकपुरधाम ७ जानकी नगर स्थित पाठशालामा पठनपाठन आरम्भ भएको थियो । त्यसपछि बसहिया र बिन्धी गाउँमा निमाविसम्मका शिक्षा आर्जन गर्नुभयो ।
जनकपुरधामको सरस्वती माध्यमिक विद्यालयममा ७ कक्षामा नामांकन गराउनु भयो । एसएलसी द्वितिय श्रेणीबाट उत्तिर्ण हुनुभयो । रामस्वरुप रामसागर बहुमुखी कैम्पसबाट आइ.ए, बी.ए र २०३८ सालमा मैथिलीमा स्नातकोत्तर कक्षा सञ्चालन हुँदा एम.ए गर्नुभयो ।
काकाश्री नेपाली ले पत्रकारीता आरम्भ गर्नु भएको साल मेरो जन्म एउटै रहेको छ । वि.सं. २०१८ सालदेखि उहां पत्रारीतामा लाग्नुभयो । अन्तमा श्री नेपाली प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु । साथै शोकाकुल
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले