लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्ट द्वारा आठ सय जना नि शुल्क उपचार र औसधि
2 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १० गते । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरमा आज शनिवार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुभएको छ ।
श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टले हरिपुरस्थित माध्यमिक विद्यालयको प्राङ्गणमा सो शिविर संचालन गरेको थियो । शिविरमा आठ सय जनाले स्वास्थ्य जाँच गराई लाभ लिएको ट्रस्टका अध्यक्ष प्रमेश्वर महासेठले बताउनुभयो ।
गत साल करिब एक हजार पाच सय जनाले स्वास्थ्य जाँच गराइ लाभ लिनुभएको थियो तर यो साल बर्षाको कारण प्रभावित भएको डा.रामेश्वर महासेठले बताउनुभयो ।
यो वर्ष ट्रस्टले चार देखि ५ हजार जनाको उपचार गर्ने टारगेट राखेको थियो तर पानी परेर धेरै प्रभावित हुनगएको डा. चन्देश्वर महासेठले बताउनुभएको छ।
शिविरमा मेडिसिन, डेन्टल, सर्जन, गाइनो, बालरोग लगायतका दक्ष तथा अनुभवी चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुभएको शिविर व्यवस्थापक सहयोगी स्थानीय श्याम महतोले बताउनुभएको छ।
उपचार गराउनु आउनुभएको स्थानीय ५८ वर्षीय जित बहादुर परियारलाई पाखुरा दुख्ने समस्याले ग्रहसितले परेसान थियो तर गाउमै निशुल्क उपचार र औसधि पाउदा खुसी व्यक्त गर्नुभएको छ।
त्यस्तै उपचार गराउनु आउनुभएकी ७४ वर्षीय मुसिमाया लम्माले भन्निन हामी धेरै गरिब छौ घरमै निशुल्क उपचार भएकोमा भन्नुभयो यो सबै प्रमेश्वर महासेठको देन रहेको बताउनुभयो ।
उस्तै उपचार गराउनु आउनुभएको ५८ वर्षीय रामजतन महतो ,६७ वर्षीय रामप्रकाश महतो र ७५ वर्षीय मनमाया लम्माले भन्नुभयो समाज सेवा नै सबै धर्म रहेकोे यस्तो धेरै कामहरु श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टले गर्नुभएको हो।
शिविरमा बालरोग विशेषज्ञ डा. चन्देश्वर महासेठ, फिजिसियन डा. रामेश्वर महासेठ, सर्जन प्रा.डा. सुबोध अधिकारी, गाईनो डा. संदिप पाण्डेय, मेडिकल अफिसर डा. विपिन साह, डा.सरोज साह, डेन्टीष्ट डा. ललिता यादव, रंजित राउत लगायतका चिकित्सकहरुले सम्बन्धित विरामीहरुको स्वास्थ जाँच गर्नुभएको थियो ।
यता शिविरमा जाँच गराएका विरामीहरुलाई पुर्जा अनुसारको औषधी समेत निःशुल्क वितरण गरिएको शिविर व्यवस्थापक श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टका अध्यक्ष प्रमेश्वर महासेठले बताउनुभयो ।
बसाई जनकपुरधाममा भएपनि प्रत्येक वर्ष आफ्नो कुल देवताको पूजापाठ गर्न जन्मभूमि गाउँ हरिपुर आउने गरेको र सोहि मौकामा यहाँ आफ्नो बाजेको नामले स्थापित श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टको आयोजनामा स्वास्थ शिविर लगाउने गरेको व्यवस्थापक महासेठले बताउनुभएको छ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले