भोजपुरी टाईम्स दैनिकको वार्षिकोत्सवमा दलित परिवारका रामलाई ह्विल चेयर सहयोग
2 वर्ष पहिले प्रकाशित

रंजीत चौरसिया,
वीरगंज २४ साउन । नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको एक मात्र भोजपुरी टाईम्स दैनिक पत्रिकाले फरक क्षमता भएका (अपाङ्ग)एक जना असहाय बालकलाई सहयोग गरी आफ्नो १० औं वार्षिकोत्सव मंगलबार मनाएको छ ।
पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यो वर्ष बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिप कुमार राम जन्मेदेखि नै अपाङ्ग रहेकोमा उनलाई एक थान ह्विल चेयर सहयोग प्रदान गरेको छ ।
मन्दिपको जन्मै देखि हात खुटा पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या रहेको छ । उनको घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुले बताए पछि पत्रिकाले अन्य कार्यक्रमहरु नगरी यो वर्ष मन्दिपलाई ह्विल चेयर सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले बताए ।
पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगेर उनका आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका थिए ।
सो अवसरमा समाजसेवी ईजरायल अंसारी, स्थानिय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायत स्थानियवासीहरुको सहभागीता रहेको थियो ।
पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई फरक–फरक ढंगले मनाउदै आएको छ । यस वर्ष वार्षिकोत्सवमा पिछडिएका वर्ग मन्दिप रामलाई ह्विल चेयर सहयोग गरेको र आउने दिनहरुमा पनि सक्दो सहयोग गरी मनाउने पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले बताए ।
गत वर्ष वीरगंज स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेश्नरी सहयोग गरी पत्रिकाले ९ औं वार्षिकोत्सव मनाएको पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले बताए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले