भ्रष्टचारी अधिकृत र लेखा प्रमुखले नक्कली बिल बिजकबाट खाए २२ लाख
2 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, वीरगंज १८ असार । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा नक्कली बिल बिजकबाट २२ लाख भन्दा बढी रुपैयाँ भुक्तानी भएको पाईएको छ । सो नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न संस्थाहरुबाट कार्यक्रम संचालन गरेको देखाई नक्कली बिल बिजकबाट २२ लाख भन्दा बढी भुक्तानी भएको पाईएको हो ।
सो नगरपालिकाका तत्कालिन भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र लेखा प्रमुख श्याम नारायण भगत मालीले पान नम्बरमा दर्ता भएको संस्थाको नाममा मुल्य अभिबृद्धि करमा दर्ता भएको जनाई नक्कली बिजकबाट भुक्तानी देखाई लाखौं लाख रुपैयाँ घोटाला गरेको स्थानीयको आरोप छ ।
मुल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा १४ बमोजिम मुल्य अभिबृद्धि करमा दर्ता भएका फर्म संग तोकिएको ढाँचाको कर बिजक लिई खरिद गर्नुपर्ने व्यवस्था छ । तर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र लेख प्रमुख मालीले पान नम्बरमा दर्ता भएको विभिन्न गैर सरकारी संस्थाहरुको नाममा मुल्य अभिबृद्धि करमा दर्ता भएको देखाई नक्कली बिजकबाट भुक्तानी गरि लाखौं लाख रुपैयाँ हिनामिना÷घोटाला गरेका छन् ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा प्रमुख मालीले आर्थिक वर्ष २०७८÷०७९ मा समाज कल्याण प्रतिष्ठान नेपाल बारा संग बृक्षारोपण तथा वातावरण संरक्षण कार्ययोजना तयारी, समाजको लागि मानव अधिकार र विकास संस्था संग सार्वजनिक सुनुवाई कार्यक्रम र परिवर्तनशिल समाज बारा संग पोषण स्वास्थ्य तालिम तथा सामग्री वितरण कार्यक्रम गरि मुल्य अभिबृद्धि कर सहित २२ लाख २३ हजार ८८२ रुपैयाँ भुक्तानी देखाएका छन् ।
तर ती गैरसरकारी संस्थाहरुबाट पेश भएको मुल्य अभिबृद्धि कर बिजक परीक्षण गर्दा मुल्य अभिबृद्धि करमा दर्ता नभएको महालेखा परिक्षण कार्यालयको प्रतिवेदनमा उल्लेख छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीले फर्जी÷नक्कली बिल बनाएर सो संस्था मुल्य अभिबृद्धि करमा दर्ता रहेको देखाई सो कार्यक्रम वापत २ लाख २९ हजार बढी रुपैयाँ मुल्य अभिबृद्धि कर सहित १९ लाख ९४ हजार गरि २२ लाख भन्दा बढी रुपैयाँ नक्कली बिलमार्फत भुक्तानी देखाई लाखौं लाख रुपैयाँ हिनामिना गरेको स्थानीयको आरोपलाई मलेपको प्रतिवेदनले पुष्टि गरेको देखिन्छ ।
पान नम्बरमा दर्ता भएको संस्था वा फर्मबाट २० हजारभन्दा बढीको कारोबार गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीसहितकाले कमिसनको सेटिङ्गमा पान नम्बरमा दर्ता रहेको संस्थालाई मुल्य अभिबृद्धि करमा दर्ता भएको नक्कली बिजक बनाई ऐन विपरित खर्च गरि लाखौं रुपैयाँ हिनामिना गरेको देखिन्छ ।
मलेपको कार्यालयले पान नम्बरमा दर्ता भएको संस्थाको नाममा मुल्य अभिबृद्धि कर रकम सम्बन्धित संस्थाबाट असुल गर्नुपर्ने बेरुजुमा बर्गिकरण गरेको छ । सरकारी कार्यालय संग २० हजारभन्दा बढीको कारोबार गर्दा मुल्य अभिबृद्धि कर (भ्याट) बिलमा काम गर्नुपर्ने व्यवस्था छ ।
तर तत्कालिन भ्रष्ट अधिकतृ यादव र लेखा प्रमुख मालीले जानी जानी पान नम्बरमा दर्ता रहेको फर्मबाट त्यती मुल्य बराबरको कार्यक्रम गर्न नमिल्ने भए पनि अबैध आर्थिक लाभ लिन पदको दुरुपयोग गर्दै पान नम्बरको बिजकलाई भ्याटमा दर्ता भएको नक्कली बिल बनाई भुक्तानी देखाएर लाखौं रुपैयाँ हिनामिना गरे पनि मियमनकारी निकायको ध्यान नजाँदा पर्सागढीबासीहरु आश्चर्यमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले