+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

पन्द्रह जनालाई पीडित कार्ड वितरण

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, माघ २० गते । सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालले प्रदेश २ का १५ द्वन्द पीडितलाई पीडित कार्ड वितरण गरेका छन् । जनकपुरधाममा मंगलवार आयोजित एक कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पीडितहरुलाई पीडित कार्ड वितरण गरेका छन् ।
आयोगले मंगलवार जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहको प्रमुख आतिथ्यमा आयोजना गरेका कार्ड वितरण कार्यक्रममा प्रदेश २ का १५ जनालाई कार्ड वितरण गरिए पनि त्यसमा बढी जनकपुरधाम उप–महानगरपालिकाका पीडित रहेको आयोगका सदस्य डा. गोविन्द गौतमले जानकारी दिए ।
माओवादी द्वन्द कालमा वेपत्ता भएकाहरुको तथ्यांक संकलन गर्न र उनीहरुलाई न्याय दिलाउनकोलागि गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा चालु आर्थिक बर्ष सम्ममा ६४ हजार उजुरी परेका छन् । जसमा मधेश तथा अन्य आन्दोलनका पीडितहरुलाई सहभागी गराइएको छैन् । माओवादी द्वन्दकालमा सेना र माओवादी दुवैवाट पीडित भएकाहरुलाई परिपुरक फारम भराई त्यस अनुसारले राहतको व्यवस्था गर्न लागिएको हो ।
सुर्खेत, पोखरा, धादिङ, इलाम, झापा हुँदै मंगलबार जनकपुरधाममा पीडित कार्ड वितरण गरिएको छ । पीडित कार्य पाएपछि सरकारवाट प्रदान गरिने सेवा सुविधाहरु उनीहरु प्राप्त गर्ने छ ।
कार्ड वितरण समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले बाँड्न थालेको पीडित कार्डले राहत अनुभूति हुने विश्वास व्यक्त गरेका थिए । आयोगले फलामको चना चवाउने कार्य गरेको बताएका थिए । २०५२ साल देखि २०६३ सम्म माओवादी द्वन्द कालमा वेपत्ता पारिएका नागरिकहरुलाई न्याय दिलाउन आयोग सक्षम हुने छाटकाँट नदेखिए पनि अव बल्ल यो कार्यको थालिनी हुनु सुखद पक्ष रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले