आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले कपिलवस्तुका उखु किसान आन्दोलनमा
2 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ ६ गते । कपिलवस्तुका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन उखु कृषक काठमाडौं पुगेका हुन् ।
सरकारको ध्यानाकर्षण गराउन ३० जना अगुवा उखु कृषकहरू बुधवार देखि माइतीघरमा धर्नामा बसेका छन् । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपियाँ नपाएको किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताएका छन ।
सरकारले प्रति क्विन्टल उखुको मूल्य चार सय ६१ रुपियाँ निर्धारण गरेको थियो । तर मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले चार सय ३६ रुपियाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदान स्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको अध्यक्ष चौधरीको दाबी रहेको थियो ।
यस्तै, ०७१÷०७२ पछिका ३ वर्षसम्म सरकारले तोकेको मूल्य पाएका थिएनन् । कृषकले पाउनु पर्ने मूल्य रोकिँदा समस्यामा परेको जवाभारीका कृषक रामलाल कलवारले बताउनुभयो ।
कलवारले भन्नु भयो, “ठुला कृषकको दुई लाख भन्दा धेरै रकम रोकिएको छ । तर पनि राज्यले बेवास्ता गरे जस्तो अनुभव भएको छ । अब किसानको कि लास आउँछ कि पैसा आउँछ । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा पनि सुनुवाइ भएको छैन ।“
सरकारको ध्यानाकर्षण गराउनका लागि कृषकहरू ४७ पटक काठमाडौं धाएको बताउने गरेका छन् । मिल सञ्चालक वीरेन्द्र कुमार कनोडियाले महालक्ष्मी सुगर मिल कपिलवस्तुबाट सर्लाही सारेपछि पैसा पाउने आशा मरेको कृषकहरूले बताउँछन् । पटक पटकको आन्दोलन पछि २०७७ सालमा सरकार सँग अनुदान रकम दिने सम्झौता भएपनि हालसम्म पनि नपाएको कलवारले बताउनुभयो ।
विगतको तुलनामा उखु उत्पादन गर्ने किसानको सङ्ख्या पनि घटेकाले ध्यान दिनुपर्ने अध्यक्ष अनूप चौधरीले बताउछन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले