बिन्धीमा वाडा कार्यालय हाम्रो लागि पायक भएन,पायक बनाउ–बेला लादो गाउँबासी
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र २२ गते । बिन्धी गाउँमा वडा कार्यालय हाम्रो लागि पायक होईन, पायक बनाउ भन्दै बेला लादो गाउँवासीले आज हाल संचालित वाडा कार्यालय अगाडी धर्ना बसेका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को वडा कार्यालयलाई बिन्धिमा होइन बेलालादोलाई पायक पर्ने ठाउँमा निर्माण हुनुपर्ने टोल विकास समिति र त्यहाँका नागरिक समाजले प्लेकार्ड को साथ आज धर्ना बसेका छन ।
उनिहरुले मेयर साहबे हाम्रो मांग पुरा गरौं,विकास प्रेमी वाडा अध्यक्ष जिन्दाबाट,वाडा बोर्ड बैठकको निर्णय कार्यान्वय गर लगायतका नारा बोकेको प्लेकार्ड प्रदर्शन गरेका छन । उनिहरुले यदि हाम्रो मांग पुरा भएन भने चक्का जाम गर्ने योजना समेत बनाएका छन ।
जनकपुरधाम उपमहानगर पालिका वडा नं. २३ मा बेला,लादो र बिन्धी गाउँ मिलेर बनेको छ । तर, वाडा कार्यालय बिन्धिमा हुनाले बेला र लादो गाउँबासीलाई दुई र तीन किलोमिटर हिडेर जानुपर्ने बाध्यता बन्दै आएको थियो । यो कुरा बेलालादो गाउँबासीले वाडा कार्यालय गठन भएको देखि आबाज उठाउँदै आएको थियो । तर, उनिहरुको कुरा राजनीतिक दलहरु देखि वाडाका जनप्रतिनिधीहरुले सुनेनन् ।
दुई गाउँ एका तिर र एक गाउँ बिन्धि एका तिर रहेको ले वाडा कार्यालय बिन्धीबाट सार्नको लागि हस्ताक्षर अभियान समेत चलेको थियो ।
यता, वडा कार्यालय संचालित ठाउँ वाडाको जिम्मा नरहेको ले वर्तमान वडा अध्यक्ष राघवेन्द्र साह ले उपहानगरपालिकाको पूर्ण स्वामित्यमा वडा कार्यलय निर्माणको लागि पहल गर्दा बिन्धि गाउँका केहि व्यक्तिले विवाद खडा गर्न पुगेको थियो । त्यसको विरुद्धमा आज लादोबेला गाउँबासीले सामुहिक रुपमा उत्रेका छन ।
वडा कार्यालयको लागि विवाद बढ्दै गएपछि वडाध्यक्ष राघवेन्द्र साहले वडावासीको जनभावना अनुसार नै वडा कार्यालय केही दिनका लागि सारेको बताएका छन् ।
जनकपुरधाम २३ बिन्धीमा रहेको वडा कार्यालयकै प्राङ्गणमा रहेको बटेश्वरनाथ महादेव मन्दिरमा सितारामा महायज्ञ भजन किर्तन भईरहेको ले केही दिनका लागि वडा कार्यालय सारिएको वडाध्यक्ष साहले बताएका हुन् । उहाँले भजन किर्तन चलिरहेको समयमा काम गर्ने वातावरण नभएको ले वडाको बैठकबाट सर्वसम्मत निर्णय गरेर चैत ८ गतेदेखि २२ दिनका लागि बेला गाउँमा संचालित गोविन्द सेवा समितिको धर्मशालामा वडा कार्यालय सारेको उहाँले प्रष्ट रुपमा बताउनु हुन्छ ।
उहाँले नाहकमा बिन्धीका केहि व्यक्तिहरुले विबाद सृजना खडा गर्न पुगेको ले हामी वडाकै बैठकबाट अब वडा कार्यालयको आफ्नो भवन निर्माण नभएसम्म गोविन्द सेवा समितिकै धर्मशालामा तत्काल कार्यालय संचालन बताउनु भयो ।
वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी समेत गर्नुहुन्छ ।
वडा अध्यक्ष साह ले बिन्धीमा वडा कार्यालयको आफ्नो निजी भवन नहुँदा अव्यवस्थित तरिकाले सञ्चालन भइरहेको ले कार्यालय सञ्चालन गर्न असहजता उत्पन्न भईरहेको बताउनु भयो । उहांले तत्कालका लागि मात्र गोविन्द सेवा समिति दुधमती पुल बेलाबाट कार्यालय सञ्चालन भइरहेको जानकारी दिए ।
अन्तमा उहाँले लादो बेलाका नागरिक समाजले जनकपुरधाम –२३ बेलामा कार्यालय संचालन हुनुपर्ने पक्षमा प्रदर्शन समेत गर्न पुगेको ले जनभावनाको कदर गर्दै वडा कार्यालय दूधमति पूलमा ल्याइएको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले