वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ
2 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १८ गते । धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित वीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका छन् ।
निरीक्षक यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्र हल गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि प क्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् ।
यादवलाई जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँबाट सो वीपी कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो ।
परीक्षाको पहिलो दिन नै उनले मर्यादा विपरीतको काम गरेपछि प क्राउ परेका हुन् । परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाएको र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीहरूमा मोबाइल मार्फत नै विद्यार्थीसम्म पुर्याएको र केहीलाई उतार गराइरहेको क्रममा प क्राउ परेका थिए ।
प्रश्नपत्र उत्तरसहित फेला परेको उनको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रजिअ दाहालले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले