सेवा बचत तथा ऋण सहकारी को एकदिने तालिम सम्पन्न
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, चैत्र १३ गते । यहाँ संचालित सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्येश्यबाट एक दिने तालिम सम्पन्न गरेको छ ।
सेबा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विन्देश्वर साह को अध्यक्षतामा आरम्भ भएको एकदिने तालिमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंक जनकपुर शाखा प्रमुख विष्ण प्रसाद पराजुली रहनु भएको थियो ।
चैत्र ११ गते आयोजित सो तालिममा उहाँले सहकारीको संचालक र लेखा समितिको संयोजक सधारण सभाबाट निर्वाचन हुने प्राब्धान रहेको बताउनु भयो । उहाँले ऋण उपसमिति लगायतका समिति संयोजक संचालक सिमितिबाट चयन हुने प्राब्धान रहेको थप्नुभयो ।
नेपाल सरकारको ऐन अनुसार सहकारी संस्थाहरुको बिनियम मिल्नेगरी बेलाबखतमा संशोधन गरी रहनु पर्ने भएको ले त्यसको लागि चनाखो रहनुपर्ने उहाँले थप्नुभयो ।
उहाँले सहकारी ऐन अनुसार संचालक समितिको कार्यकाल ४ चार वर्ष को हुन्छ ।तर, लगातार २ पल्ट भन्दा बढी अध्यक्ष रहन नसक्ने प्राब्धान रहेको बताउनु भयो ।
उहाँले सहकारीलाई अध्यक्षको होईन सबैको बनाउनेगरी कार्यहरु संचालन गर्नुपर्ने बिचार समेत राख्नुभयो ।
सहकारीहरुले ३० प्रतिशत आफ्नै उत्पादनमा लगाउनु पर्नेगरी बिनियममा उल्लेख हुनुपर्ने बिचार सहकारी बंैकका प्रमुख पराजुली राख्नु भयो ।
सहकारीहरुमा हरेक महिना अर्थात मासिक बैठक गर्नुपर्दछ । त्यसमा पछिला महिनाको कार्य प्रगतिबारेमा समीक्षा गर्नुपर्ने साथै अगामी महिनामा के के गर्ने लक्ष्य समेत बनाएर अगाडी बढनु पर्ने सुझाब उहाँले सहकारीहरुलाई दिनुभयो ।
सो तालिम संचालनको लागि सहजिकरण सचिव कमल साह ले गर्नुभएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले